


राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले निष्कासन गरेको आईपीओ असार १६ गते बिहीवार बाँडफाँट भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरूका लागि जेठ २४ गतेदेखि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ निष्कासन गरेकोेमा ५ लाख ७५ हजार १७० कित्ता आवेदन परेको हुदा मागे बमोजिम शेयर स्थानीयमा बाँडफाँट गरेको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । स्थानीयमा विक्री नभएको शेयर सर्वसाधारणलाई विक्री गरिनेछ । हाल संस्थापकतर्फबाट चुक्ताभएको पूँजी रू. ३१ करोड ८६ लाख ५२ हजार ८०० रहेको छ । संस्थापकतर्फ जारी पूँजीको ५२ प्रतिशत शेयर स्वामित्व रहेको हो ।
सर्वसाधारणमा समेत शेयर जारी पश्चात् कम्पनीको चुक्तापूँजी रू. ६१ करोड २७ लाख ९३ हजार ८०० पुग्नेछ ।