×
आरटिजीएस प्रणाली शनिबार पनि चल्ने



आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली शनिबार (भोलि) पनि चल्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै आरटीजीएस प्रणाली शनिबार पनि चालु हुने जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार आरटिजीएस प्रणाली भोलि बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म खुला रहने छ । विकास ऋणपत्र २०७९ ‘ख’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटिजीएस प्रणाली चालु गरिएको हो ।

आरटिजीएस प्रणाली ठूलो मुल्यका र तत्काल गरिने भुक्तानीहरू विकास बैंक र वित्त कम्पनीका ग्राहक वा अन्तर बैंक भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ । ग्राहकहरूले आरटिजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थासँग सम्पर्क गरि उपलब्ध फारम भर्नु पर्छ ।

एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न शून्य लागतमा कनेक्ट आरटिजीएस प्रणाली प्रदान गरेको हो । जुन नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणालीसँग र बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ्ग प्रणालीसँग इन्टिग्रेट गरिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस