×
कास्कीमा बिहानै भूकम्प



कास्कीमा बिहीबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान ३ः ५६ बजे धम्पुसलाई केन्द्रविन्दु बनाएर ४.९ रेक्टर स्केलको भूकम्प गएको हो ।कास्की र छिमेकी जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पबाट अहिलेसम्म क्षतिको विवरण उपलब्ध नभएको प्रहरीले जनाएको छ ।

उता अफगानिस्तानमा  बुधबार बिहान आएको ६ दशमलब १ म्याग्निच्युडको भूकम्पमा परेर १ हजारभन्दा भन्दा बढी मानिसको मृत्यु भएको छ । भूकम्पमा कम्तीमा १५ सय घाइते भएका छन् ।

भूकम्पबाट दक्षिण पूर्वको पक्तिका प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । संयुक्त राष्ट्रले आपतकालीन आश्रय र खाद्यान्न सहायता प्रदान गर्ने प्रयास गरिरहेको छ । भारी वर्षा र असिनाले उद्धार कार्य प्रभावित भएको प्राप्त विवरणमा जनाइएको छ ।

विनाशकारी भूकम्पले तालिबानका लागि ठूलो चुनौती मानिएको छ । खोस्ट सहरबाट ४४ किलोमिटर टाढा गएको उक्त भूकम्पको धक्का पाकिस्तान र भारतसम्म पनि महसुस गरिएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस