दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओ आज बाँडफाँट भएको छ ।
कम्पनीको आईपीओ आज ९ बजे विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो। माग भन्दा बढी आवेदन परेको हुदा गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको छ।
कम्पनीको आईपीओका लागि कुल १५ लाख ६४ हजार ५२२ जनाले १ करोड ७९ लाख ३३ हजार ७० कित्ताका लागि आवेदन दिएका थिए । यस आधारमा २ लाख १ हजार ९८६ जनाले मात्र १० कित्ताका दरले शेयर पाएका छन् भने बाँकीकोे हात खाली हुनेछ ।
कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।
कम्पनीले जेठ २६ गतेदेखि ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर जारी गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७७५ कित्ता सामुहीक लगानी कोष र ३ प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो भने बाँकी २० लाख १९ हजार ८६९ कित्ता सर्वसाधारणलाई निष्कासन गरेको हो ।
कम्पनीले लमजुङ जिल्लामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत् आयोजना निर्माण गर्दैछ । यो आयोजनाको अनुमानित निर्माण लागत कुल रू. २ अर्ब ६९ करोड ४४ लाख ३ हजार रहेको छ ।
रेटिङ एजेन्सी केयर रेटिङ नेपालले दोर्दी खोलाको आइपीओलाई ‘कियर एनपी आइआर डबल बी माइनस’ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।














