×
Lagani
Lagani Shiksha gif
आज बाँडफाँट हुदै दोर्दी खोलाको आईपीओ , कसरि हेर्ने नतिजा ?



दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओ आज बाँडफाँट हुने भएको छ ।

कम्पनीको आईपीओ आज ९ बजे विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट हुने तय भएको हो । माग भन्दा बढी आवेदन  परेको हुदा  गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार अन्तिम दिन अर्थात् मंगलवार साँझ साढे ५ बजेसम्म यी आवेदकहरुले रू. १ अर्ब ७८ करोड ७५ लाख ६२ हजार बराबरको १ करोड ७८ लाख ७५ हजार ६२० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ८ दशमलव ८५ गुणा बढी आवेदन परेको हो ।

आवेदन माग भन्दा बढी परेको हुदा शेयर पर्ने सम्भावना पनि न्यून देखिन्छ। कम्पनीले लमजुङ जिल्लामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत् आयोजना निर्माण गर्दैछ । यो आयोजनाको अनुमानित निर्माण लागत कुल रू. २ अर्ब ६९ करोड ४४ लाख ३ हजार रहेको छ ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले दोर्दी खोलाको आइपीओलाई ‘कियर एनपी आइआर डबल बी माइनस’ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस