HDHPC 208.8 -4.1 CHCL 568.9 -8.1 MCHL 488.3 -3.7 SPC 520 5 KSY 9.22 -0.19 GMFBS 1512.1 -16.9 GUFL 735 5 NIMBPO 176.9 -1.1 NMFBS 1435 1 HRL 861 -4 NRM 426.1 -4.9 TVCL 461 1 PHCL 465.1 -9.9 SNMAPO 190 0 SHINE 473 -1.8 NICFC 8.97 -0.33 SHL 512 -4.5 KEF 9 0.28 MFLD85 1050 -20 SGIC 641.2 -4.8 LEC 276.8 -6 LBBLD89 1208.5 23.5 MBLD2085 1085 6.5 KDBY 9.21 -0.23 HATHY 1322 13 SFEF 9.29 0.22 SBD87 1048 11.9 IGI 600 -4 PBD84 1065 1.7 ACLBSL 1035 0 MMKJL 543.6 9.6 OHL 925 -9 PCBL 292 -2 PMLI 562 1 SJLIC 477 -7.5 NMLBBL 769 -11 NBLD87 1020 -8 NLIC 814 -13.4 MEL 292 2 HDL 1423.1 49.1
×
दोर्दी खोलाको आईपीओ बाँडफाँट मिति सार्बजनिक , पर्ने सम्भावना कति ?



दोर्दी खोला जलविद्युतको आईपीओमा आवेदन दिने लगानीकर्तालाई आईपीओ कहिले बाँडफाँट होला भन्ने चासो रहेको छ।

लगानीकर्ताको सोहि चासो मेटाउन आज हामीले विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलसँग कुराकानी गरेका छौ। क्यापिटलका अनुसार जलविद्युतको आईपीओ प्रि-अलोटमेन्ट सम्पन्न गरि यहि असार ८ गते बुधबार सिद्धार्थ क्यापिटलको कार्यालयमा हुने तय भएको छ। यद्यपी समय भने हाल सम्म तय नभएको क्यापिटलले जनाएको छ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार अन्तिम दिन अर्थात् मंगलवार साँझ साढे ५ बजेसम्म यी आवेदकहरुले रू. १ अर्ब ७८ करोड ७५ लाख ६२ हजार बराबरको १ करोड ७८ लाख ७५ हजार ६२० कित्ताका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ८ दशमलव ८५ गुणा बढी आवेदन परेको हो ।

आवेदन माग भन्दा बढी परेको हुदा शेयर पर्ने सम्भावना पनि न्यून देखिन्छ। कम्पनीले लमजुङ जिल्लामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत् आयोजना निर्माण गर्दैछ । यो आयोजनाको अनुमानित निर्माण लागत कुल रू. २ अर्ब ६९ करोड ४४ लाख ३ हजार रहेको छ ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले दोर्दी खोलाको आइपीओलाई ‘कियर एनपी आइआर डबल बी माइनस’ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस