×
Lagani
Lagani Shiksha gif
पेट्रोलमा २१ र डिजेल–मट्टीतेलमा २७ रुपैयाँले मूल्यवृद्धि ।



नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी पनि वृद्धी गरेको छ ।

भारतबाट मूल्य बढेर आएको कारण निगमको  सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य असार ५ गते राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

Lagani Shiksha gif
sharehubapk पेट्रोलमा २१ र डिजेल–मट्टीतेलमा २७ रुपैयाँले मूल्यवृद्धि ।

मूल्य वृद्धी सँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने यसैगरी एक लिटर डिजेल र मट्टीतेल किन्न १९२ रुपैयाँ तिर्नुपर्ने छ ।निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।

त्यस्तै खाना पकाउने ग्याँसको मूल्य भने यसपटक नबढाइएको नेपाल आयल निगमले जनाएको छ । यो मूल्य वृद्धी गर्दा पनि निगमले १ महिनामा करिब ४ अर्ब ७० करोड घाटा हुने जनाएको छ।  त्यस्तै आयल निगमले विद्युतीय सबारी साधन प्रयोग गर्न जोड दिएको छ।

WhatsApp Image 2022 06 19 at 10.14.46 PM converted page 0001 पेट्रोलमा २१ र डिजेल–मट्टीतेलमा २७ रुपैयाँले मूल्यवृद्धि ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस