न्यादी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट भएको छ। हाल नतिजा पनि सार्बजनिक भएको छ।

यसमा २२ लाख ५५ हजार ८४ जना आवेदक बाट २ करोड ७० लाख ८९ हजार १ सय ५० कित्ता आवेदन परेको थियो । जस मध्ये १३ हजार ९ सय ४६ जनाको आवेदन रद्द भएको छ । जस अनुसार गोलाप्रथा मार्फत २ लाख २ हजार २ सय ५० जनाले मात्र १० कित्ताको दरले सेयर पाउने छन् । आवेदन दिएका मध्ये २० लाख ५२ हजार बढी आवेदक हात खाली भएका छन् ।
कम्पनीले असोज १५ गतेबाट १९ गतेसम्म २ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो । बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणका लागि खुला गरिएको थियो । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले न्यादीको आईपीओलाई औसत आधार जनाउने ‘केयर एनपी आईआर डबल बी’ रेटिङ दिएको छ ।
कम्पनीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। प्रतिमेगावाट लागत अनुमान २० करोड ३९ लाख २५ हजार रहेको छ। कुल लगानी अनुमान ६ अर्ब ११ करोड ७७ लाख रहेको छ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ। स्थानियलाई १५ करोड रुपैयाँ, संस्थापक शेयरधनीहरुको लागि ३ करोड रुपैयाँ र सर्वसाधारणलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।
र्थिक वर्ष ०७७/७८ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९१ दशमलव ९९ रहेको छ । यस अवधिसम्म कम्पनी रू. ८ करोड ७७ लाख ६४ हजार नोक्सानीमा रहेको छ ।
यसरि हेर्नुहोस नतिजा : नतिजा हेर्नको लागि बिक्रि प्रबंधकको साइतमा जानुहोला।











