हुम्लाको एक मात्र यातायातको माध्यम हवाई सेवा अविरल वर्षापछिको हावाहुरीको कारण अवरुद्ध भएको छ ।
सिमकोट गाउँपालिकाको मात्र रहेको एक मात्र हवाई सेवा आइतबार रातिदेखि अविरल वर्षापछि हावाहुरीका कारण हवाई सेवा अवरुद्ध भएको हो ।
बिहीबार बिहानैदेखि नेपालगंज र सुर्खेतदेखि सिमकोटका लागि उडान भर्ने तयारी भए पनि मौसमका कारण हवाई सेवा अवरुद्ध भएको समिट एयर सिमकोटका स्टेसन इन्चार्ज गोविन्द लामाले जानकारी दिए ।यता, तारा एयरले पनि वर्षाका कारण उडान सेवा अवरुद्ध भएको जनाएको छ ।
नेपालगंजबाट जहाजहरूले उडान भर्ने तयारी गरेका भए पनि अविरल वर्षाका कारण हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले जनाएको छ ।टिकट लिइसकेका यात्रुहरू नेपालगंजमै रोकिएका छन् ।
यसबाट दसैँ मनाउन जिल्लाबाट गएका र जिल्ला भित्रिएका व्यक्तिहरू गन्तव्यतर्फ जान नपाउँदा समस्यामा परेका छन् ।
















