×
Lagani
Lagani Shiksha gif
बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट हुँदै , यस्तो छ नतिजा हेर्ने तरिका।



बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट  हुने भएको छ।

बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपीओ आज सानिमा क्यापिटल लिमिटेडकाे कार्यालयमा दिउँसाे ३ बजेपछि बाँडफाँट हुने तय गरिएकाे छ। मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा वितरण गरिनेछ ।

Lagani Shiksha gif
sharehubapk बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँट हुँदै , यस्तो छ नतिजा हेर्ने तरिका।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस ओअछु BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

हाइड्रोपावरको आईपीओमा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार अन्तिम दिनसम्म १८ लाख ४५ हजार ६७ जना आवेदकहरूबाट २ करोड १९ लाख ३५ हजार १० कित्ता शेयर खरीदको लागि आवेदन परेको हो जुन मागभन्दा १६ गुणा बढी आवेदन हो।

कम्पनीले सर्वसाधारणका लागि प्रतिशेयर रू. १०० अंकित मूल्यका १५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ विक्री खुला गरेर बाँडफाँट गरिसकेको छ । माग भन्दा बढी आवेदन परेको हुदा पर्ने सम्भावना न्यून भएको छ।

कुल शेयरमध्ये ४ प्रतिशत अर्थात् ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका  सर्वसाधारणको लागि सुरक्षित राखिएको छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ मा कम्पनीलाई केयर रेटिङ नेपालले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस आईएस रेटिङ प्रदान गरेको छ ।

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय क्षेत्रका वासिन्दाहरुका लागि रू. १०० अंकित मूल्यका १० लाख कित्ता साधारण शेयर वैशाख ११ गतेदेखि २७ गतेसम्म विक्री गरेको थियो ।

बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (BHDC) ले रुडी ए (८.८ मेगावाट) र रुडी बी (६.६ मेगावाट) का दुई क्यास्केड आयोजनामा ​​सम्झौता गर्दै रुडी खोलाको करिडोरमार्फत १५.४ मेगावाटको आयोजनाको विकास, सञ्चालन र मर्मत सम्भार गर्न २०५७/०९/०३ मा गाभिएको थियो । BHDC को अधिकृत शेयर पूंजी २०० करोड छ।

BHDC उत्पादकत्व बढाउन र नेपाली जीवनस्तरमा सुधार गर्ने किफायती नवकरण ऊर्जा परियोजनाहरू विकास र कार्यान्वयनमा केन्द्रित छ।रुडीखोला-ए साना जलविद्युत आयोजना (८.८ मेगावाट) कास्की जिल्लाको मिजुरेडाँडा गाविसमा अवस्थित छ।त्यसैगरी रुडी खोला बी साना जलविद्युत आयोजना (६.६ मेगावाट) जुन रुडी–ए साना जलविद्युत आयोजनाको माथिल्लो भागमा अवस्थित रन अफ रिभर प्रकारको आयोजना हो। रुडी–बी साना जलविद्युत आयोजनाको मुख्य भाग लमजुङ जिल्लाको पासगाउँ गाविसमा अवस्थित छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस