×
Lagani
Lagani Shiksha gif
रसुवागढी हाइड्रोपावरले आईपियो निष्कासन गर्ने।



रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितका लागि आईपियो निष्कासन गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आईपियो बिक्री गर्न लागेको हो । जिल्ला बासीका लागि रसुवागढीले ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिदार्थ क्यापिटलले गर्नेछ ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण लामो समयसम्म सेयर निष्कासन प्रक्रिया रोकिएको थियो । कम्पनीले पहिले नै सेयर निष्कासनका लागि प्रभावितलाई वर्गीकरण गरिसकेको थियो ।

रसुवागढीले अति प्रभावितका लागि ४.५, प्रभावितका लागि १.५ र सामान्य प्रभावितका लागि १ प्रतिशतका दरले सेयर निष्कासन गर्ने तयारी गरेको थियो ।

कम्पनीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका २, टिमुरेमा १११ मेगावट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निमाण गरिरहेको छ ।  यसको ८३ प्रतिशत काम सकिएको छ । स्थानीयका लागि नेपालमा पहिलो पटक चिलिमे हाइड्रोपावर कम्पनीले सेयर निष्कासन गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस