×
Lagani
Lagani Shiksha gif
भैरहवामा खुल्यो श्रम कार्यालय , श्रम स्वीकृतिका लागि काठमाडौँ धाउन नपर्ने।



भैरहवामा श्रम तथा रोजगार कार्यालय सञ्चालनमा आएको छ ।

आज भैरहवामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अनलाइन श्रम स्वीकृतिको फर्मलाई अनलाइन स्वीकृत गर्दै उक्त कार्यालयको उद्घाटन गर्नुभएको हो । मन्त्री श्रेष्ठले असगर अली मियाले दिएको श्रम स्वीकृति निवेदनलाई स्वीकृत गर्दै कार्यालयको उद्घाटन गर्नुभएको हो ।

Lagani Shiksha gif
sharehubapk भैरहवामा खुल्यो श्रम कार्यालय , श्रम स्वीकृतिका लागि काठमाडौँ धाउन नपर्ने।

मियाले कतार जान श्रम स्वीकृतिका लागि आवेदन दिनुभएको थियो । भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट जजिरा एयरलायन्सले उडान सुरु गरेपछि नेपाल सरकारले भैरहवामा श्रम तथा रोजगार कार्यालय खोल्ने तयारी गरेको थियो । श्रममन्त्री श्रेष्ठले केही हप्ता पहिले भैरहवा आई असार १ गते कार्यालय खोल्ने उद्घोष गर्नुभएको थियो ।

सोहीबमोजिम आज जिल्ला प्रशासन कार्यालयको अगाडि उक्त कार्यालय सञ्चालनमा आएको हो । रोजगारीको सिलसिलामा विदेश जानेका लागि पूर्वश्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम हुने भएको छ । योसँगै श्रम स्वीकृतिका लागि काठमाडौँ धाइरहनुपर्ने बाध्यता हटेको छ ।

मन्त्री श्रेष्ठले भैरहवावासीको वर्षौँदेखिको सपना पूरा गर्न कामको सुरुआत भएको भन्दै अब छिट्टै नै उपसचिवको दरबन्दी ल्याएर सेवाग्राहीको काम बिना झन्झट गर्ने व्यवस्था मिलाउन मन्त्रालय लागि सकेको बताउनुभयो ।

उहाँले विदेश जाने व्यक्तिलाई सीप सिकाउनका लागि आगामी बजेटमार्फत सातै प्रदेशमा सीपमूलक तालिमको कार्यक्रम ल्याउन लागिएको बताउनुभयो । उहाँका अनुसार वैदेशिक रोजगारीको बहानामा ठगी गर्ने कोही कसैलाई छुट हुँदैन । सरकार वैदेशिक रोजगारीमा जानेको हितमा सधैँ लागि रहनेछ ।

श्रम कार्यलय भैरहवा खोल्न भूमिका खेल्ने रुपन्देहीका सांसद प्रमोदकुमार यादवले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई आवश्यक पर्ने कागजपत्र छिटो र सहज ढङ्गबाट हुने व्यवस्था मन्त्रालयले गरिदिन आग्रह गर्नुभयो ।

कार्यालयको कामलाई सहज ढङ्गले अगाडि बढाउनका लागि मेनपावर कम्पनी पनि आवश्यक रहेकाले भैरहवामा आउने मेनपावर कम्पनीलाई सरकार सहयोग गर्न तयार भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताउनुभयो ।

सो अवसरमा प्रविधिको युगमा विकासको काम अगाडि बढ्दै गएकाले सरकारले सुविधा दिएमा मेनपावर कार्यालय खोल्न तयार हुने वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष विमल ढकालले बताउनुभयो ।

देशमा मेनपावर कम्पनीलाई बदमान गराउने गिरोह रहेकाले सरकारले त्यस्ता गिरोहको खोजी गरी कारबाही गर्नुपर्ने बताउँदै मेनपावर कम्पनीले वैदेशिक रोजगारमा जानेलाई सहयोगी भूमिका निर्वाह गरेकाले विचौलियाबाट जोगिन सर्वसाधारणलाई अध्यक्ष ढकालले आग्रह गर्नुभयो ।

भैहरवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएलगत्तै कुवेतको जजिरा एयरले हप्तामा तीन दिन उडान गरिरहेको छ । छिट्टै नै अन्य देशका नियमित उडान गर्ने तयारीमा सरकार लागिरहेको छ । विदेशबाट आएका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेर भारतको दिल्ली जाने वा घण्टौँसम्म जोखिम मोलेर आकाशमा उडिरहनुपर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस