NBL 203 -0.5 CORBL 469 2.9 BNHC 520 0 GBILD86/87 985 4 HIDCL 163.1 -2.3 PHCL 288 -4.5 NRIC 682.6 -4.9 BNT 12810 -190 SMB 1680 54 MBJC 290 -4.9 KMCDB 960 25 NFS 524 -17.8 GBIME 176 -2 SADBL 318.2 -6.9 RSDC 712 8 SPC 510.9 -4.1 SNLI 456 -8 NLICL 549.9 4.9 BFC 387 -4 BPCL 295 1 USLB 2317 3 JBLB 1470 90 GMFIL 387 -9 NIL 790 -5.1 HPPL 252.2 -8.8 CMF1 8.7 -0.13 MHNL 226 -4 MANDU 967.9 -57.1 NLIC 586.9 -3.1 ADBL 241.1 -2.9 SBI 279 -0.1 UMRH 356.1 1.1 PRSF 8.55 0 EBL 512 2 UAIL 575 -5 SLCF 7.96 -0.01 ADBLD83 1080 -18.5 NESDO 1986 58 HBLD83 1046 -14.8 SBCF 7.8 0.02
×
निर्वाचनमा विजय जुलुसको भिडियो माग्दा झुक्किएर ‘पोर्न भिडियो’ पठाएपछि…



५ जेठमा दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगडा लेकगाउँका रामसिंह धामीलाई गाउँकै पूर्णसिंह धामीले विजय जुलुसको भिडियो मागे ।

पूर्णसिंह भारतको बैङ्ग्लोरमा बस्छन् । उनी रामसिंहका नातामा काका पर्छन् । काकाले भिडियो मागेपछि उनले गाउँपालिका अध्यक्षमा विजयी भएका नेकपा (माओवादी केन्द्र)का दलजितसिंह धामी र आफ्नो गाउँ रहेको वडा नम्बर – ६ मा पनि

सोही पार्टीबाट विजयी राजेन्द्रसिंह बोहरालगायतका भिडियो फुटेज म्यासेन्जरमै पठाए ।  विजय जुलुसको भिडियो फुटेज पठाउँदा उनले झुक्किएर एउटा ‘पोर्न भिडियो’ पनि झुक्किएर पठाए ।

उक्त ‘पोर्न भिडियो’ थियो – गाउँकै १७ वर्षीया युवतीको । जुन युवती पूर्णसिंहले नचिन्‍ने कुरै भएन । यसपछि उनले गाउँका अन्य युवाहरूलाई सोही भिडियो ‘फरवार्ड’ गरे । अनि, उक्त पोर्न भिडियो ‘भाइरल’ भएपछि रामसिंह र ती युवतीबीचको शारीरिक सम्बन्धबारे पोल खुल्यो ।

रामसिंह गाउँकै मालिकार्जुन आधारभूत विद्यालयमा कार्यरत छन् । ती युवती पनि सोही विद्यालयको पूर्वविद्यार्थी हुन् ।  तर, उनीहरूको ‘पोर्न भिडियो’ सार्वजनिक भएपछि युवतीको बुबाले प्रहरीमा बलात्कारसम्बन्धी मुद्दामा ११ जेठमा उजुरी दिए । जाहेरीका अधारमा सोही दिन रामसिंह पक्राउ पनि परे ।

प्रहरीले घटनाबारे अनुसन्धान सकेर बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय दार्चुलाले मङ्‍गलबार जिल्ला अदालतमा अभियोग पत्रसहित बलात्कार (जबर्जस्ती करणी) मुद्दा दर्ता गरेको छ । सहायक जिल्ला न्यायाधिवक्ता लक्ष्मण खनालले अभियोगपत्र दर्ता गराउँदै रामसिंहविरुद्ध सजायको माग दाबी पनि गरेका छन् ।

तर, अभियोग पत्रमा जबर्जस्ती करणी नभई सहमतिमै करणी भएको आरोपी रामसिंहको जिकिर छ । उनका अनुसार कहिलेकाहीँ हेर्न भनेर ‘पोर्न भिडियो’ पनि सहमतिमै खिचिएको हो ।  बयानमा उनले गाउँ नजिकैको रानी वनमा गत वर्षको मंसिरमा दुई दिन र पछिल्लो पटक ७ फागुन २०७८ मा गाउँकै एक जनाको गोठमा करणी गरेको बताएका छन् ।

युवतीले भने खेतबारीमा मल लगेर गएको अवस्थामा ‘काम छ’ भन्दै रामसिंहले केही पर तान्दै गोठमा लगी बलात्कार गरेको बताएकी छिन् । युवतीले बलात्कार भने पनि रामसि‌ंहले चाहिँ युवतीसँग आफ्नाे प्रेम सम्बन्ध रहेकाे र फाेनमा कुराकानी गरिरहने र भेट भएकाे माैकामा सहमतिमै शारीरिक सम्पर्क हुने गरेकाे बयानमा उल्लेख छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस