LSL 157 3 SPDL 235.5 -3.5 NHPC 146 -2 PPCL 230.5 -4.5 SIFC 417 -1 NICL 826 -14.9 MEHL 306 -2 GRDBL 427.4 -4.6 LEMF 9.5 -0.19 RMF1 7.97 0.21 HEI 608 -5 SMATA 941 29 NGPL 301.8 -1.2 MSHL 640 18 LVF2 7.91 -0.04 BEDC 363 -2 SPL 661 -10.2 HLI 399 3.9 SHEL 153 -2.5 KDL 802.1 2 MBJC 290 -4.9 NIMB 157 1 UNL 39000 -484.2 KMCDB 960 25 MDB 486.6 11.6 NICBF 8.67 -0.17 SWBBL 834 24 JSLBB 1460 90 LLBS 1145 72.9 USHEC 377.9 -2.1 SHL 436.9 -7.2 BHPL 544 -9 UMHL 237.1 -1.6 GLBSL 2093 -46.3 NMB 179.6 1.5 NICD83/84 1033 7.9 GFCL 456.8 -0.2 LICN 1315 2.1 VLBS 909 43 SONA 446.2 -1.8
×
आजबाट मतदाता नामावली संकलन हुँदै , यी ठाउँमा गैर बनाउन सकिने।



निर्वाचन आयोगले बुधबार आजबाट पुनः मतदाता नामावली संंकलन तथा अद्यावधिक कार्य सुरु गर्ने भएको छ ।

‘सबै निर्वाचन कार्यालय र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली स‌ंकलन हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोवास गरिरहेका नागरिकले स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्ने उनले बताए ।

मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मिति, लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा नाम दर्ता अधिकारी (निर्वाचन अधिकारी) ले आवश्यक निर्णय गरी त्रुटि सच्याउने समेत उनले जनाए ।

प्रवक्ता पौडेलेका अनुसार कुनै मतदाताले विवाह वा बसाई सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्नेछ ।

कुनै मतदाताले आफ्नो नाम रहेको मतदान स्थलवाट पायक पर्ने सोही वडाको अर्को मतदान स्थलमा नाम सार्न निवेदन दिएमा सोही बमोजिम स्थानान्तरण गरिदिने पनि उनले जानकारी दिए ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस