MBL 255 -4 SAPDBL 569.6 -7.4 SMB 1809 4 KBSH 2386 -9 GMFIL 623 1 MKHC 339 -1 JBBL 351 -3.1 HPPL 316.3 -3.6 TAMOR 482.9 -2.1 ICFC 823.9 74.9 DDBL 916.2 3.1 NIMB 241.9 -9.1 SJLIC 477 -7.5 RLFL 625 6.9 NHDL 570 0 RADHI 397.9 7.9 UPCL 262.2 -2.7 GIBF1 9.69 0.1 IGI 600 -4 CHL 353 0.4 SHL 512 -4.5 NMFBS 1435 1 PCBL 292 -2 NLICL 606 -4 CHDC 1684 -35.9 GRDBL 743 5 SIFC 628 10 SLBBL 958.9 -4.2 DHPL 242 1 UNLB 2527 -3.9 CITY 805 -17 FMDBL 758 -0.1 LICN 1995.9 -27.1 SNLI 585.1 -0.9 MLBBL 1635 15 VLBS 902.5 -7.5 CIZBD86 1060 -10 SCBD 1111 6 C30MF 9.74 0 ALBSL 1040 -4
×
लाइनमा झुण्डिएका व्यक्तिको उद्धार , पोखरादेखि लेखनाथसम्मको बिजुली तार अन्डरग्राउन्ड गरिने ।



नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिलाई करिब ८ घण्टापछि उद्धार गरिएको छ ।

नेपाली सेनाको रेञ्जर गणको उद्धार टोलीले उनलाई प्रसारण लाइनमै नियन्त्रणमा लिएर भुइँमा झारेको हो । शनिबार विहान करिब ११ बजे ककनी गाउँपालिका-७ स्थित त्रिशुली-मातातीर्थ प्रशारण लाइनमा चढेका बेलकोटगढी नगरपालिका-१२ का माइला विक दिनभर प्रसारण लाइनको तारमा झुण्डिएर बसेका थिए ।

पोखरादेखि लेखनाथसम्मको बिजुली तार अन्डरग्राउन्ड गरिने : पोखरा देखि लेखनाथसम्मको बिजुलीको तार अव अन्डरग्राउन्ड गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा यहाँको तारलाई भूमिगत गर्न लागिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रदेश सरकारसँगको भेटमा लेखनाथ सबस्टेसनबाट पोखरासम्मको बिजुली अन्डरग्राउन्ड गरिने जानकारी गराएका हुन् ।

त्यसका लागि पोखराको बिरौटामा अत्याधुनिक सवस्टेसन बन्न लागेको र त्यसमा सहजीकरण गरिदिन उनले प्रदेश सरकारसँग आग्रह गरेका छन् । अन्तका सबस्टेसनभन्दा फरक डिजाइनमा डोमभित्र सबस्टेसन निर्माण हुने र त्यसले वरिपरिको बस्तीमा केही असर नपर्ने उनको भनाइ छ । यो सवस्टेसन निर्माण पछि पोखरामा बिजुली जाने समस्या समाधान हुने बताइएको छ ।

प्रदेश सरकारले प्राधिकरणसँगको समन्वयमा उज्यालो प्रदेश कार्यक्रम सञ्चालन गरिरहेको छ । यही आर्थिक वर्षभित्र उज्यालो प्रदेश घोषणाको कार्यक्रम गरिने सरकारले जनाएको छ । घिसिङले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई भेटेर उज्यालो प्रदेश घोषणा अभियानमा सघाउन प्राधिकरण तयार रहेको बताए ।

मुख्यमन्त्री पोखरेलले अरू प्रदेशभन्दा गण्डकीमा धेरै विद्युत् उत्पादन हुने भए पनि कतिपय ग्रामीण भेगमा अझै पनि विद्युतीकरण हुन नसकेको स्मरण गराए । गण्डकी प्रदेशको मादी करिडोर, मोदी करिडोर, मर्स्याङ्दी करिडोर र अन्य स्थानमा विद्युत् आयोजनाहरू धमाधम बनिरहेको अवस्थामा विद्युत् प्रसारण लाइन नहुँदा उल्झन परेको बताए ।

प्रदेशको राजधानी पोखरामा बिजुलीको लाइन अन्डरग्राउन्ड गर्न प्रदेश सरकार, प्राधिकरण र पोखरा महानगरले तत्कालै समन्वयमा काम गर्नुपर्ने उनको सुझाव छ । ऊर्जामन्त्री आचार्यले प्रदेश सरकारले सञ्चालन गरेको उज्यालो गण्डकी अभियान, काठेपोल विस्थापन अभियानमा भएका प्रगतिबारे जानकारी गराएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस