×
Lagani
Lagani Shiksha gif
आजदेखि खुल्यो श्वेतगंगा हाइड्रोपावरको आईपीओ , कति दिने आवेदन ?



श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले आजदेखि स्थानीयमा आईपीओ निष्कासन गरेको छ।

पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । स्थानीय वासिन्दाहरूका लागि कम्पनीले जारी पूँजी रू.१ अर्ब ५९ करोड ३० लाखको १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित दरको १५ लाख ९३ हजार कित्ता शेयर  विक्री गर्न लागेको हो ।

Lagani Shiksha gif
sharehubapk आजदेखि खुल्यो श्वेतगंगा हाइड्रोपावरको आईपीओ , कति दिने आवेदन ?

कुल निष्कासन मध्य रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा.को वडा नं. २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गा.पा. वडा नं. ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि ७० प्रतिशत अर्थात ११ लाख १५ हजार १०० कित्ता, आयोजनाको प्रसारण लाईन पर्ने  मन्थली न.पा.को वडा नं. ११, १२ र १३ र रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा. को वडा नं. ५, ६ र ७  तथा रामेछाप न.पा.को वडा नं. १ र ३ का बासिन्दाका लागि ३ लाख ९८ हजार २५० कित्ता र रामेछाप जिल्लाको लिखु तामाकोशी गा.पा. को वडा नं. १ र ओखलढुङ्गा जिल्लाको लिखु गा.पा.को वडा नं. १, २ र ३ का लागि ७९ हजार ६५० कित्ता शेयर विक्री गर्न लागिएको हो ।

आइपीओको भाउ प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ भने बिक्री प्रबन्धकको रुपमा सानीमा क्यापिटल रहेको छ। कम्पनीले कार्तिक १० गते आईपीओ बिक्रि गर्नको लागि धितोपत्र बोर्डसँग अनुमति मागेको हो। यो आईपीओ छिटोमा असार ६ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असार २१ गतेसम्म विक्रीमा रहने छ।

कम्पनिको आइपीओमा स्थानीयहरूले  न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म  खरिद गर्नको लागि नेपाल एसबिआई बैंकको यसम शाखा, सांग्रिला डेभलपमेन्ट बैंकको मन्थली शाखा र कम्पनीको आयोजनास्थलहरूबाट साथै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने छन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी आइएस रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस