×
Lagani
Lagani Shiksha gif
आजदेखि खुल्यो बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ , कति दिने आवेदन ?



बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिशेयर रू. १०० अंकित मूल्यका १५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ विक्री खुला गरेर बाँडफाँट गरिसकेको छ ।

Lagani Shiksha gif
sharehubapk आजदेखि खुल्यो बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ , कति दिने आवेदन ?

कुल शेयरमध्ये ४ प्रतिशत अर्थात् ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधारणले २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा असार ३ गतेसम्म आईपीओ निष्कासन खुला रहने छ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । सि–आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपको माध्यमबाट  यो आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ ।

आवेदकले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।आईपीओ निष्कासनका लागि गराएको रेटिङ मा कम्पनीलाई केयर रेटिङ नेपालले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस आईएस रेटिङ प्रदान गरेको छ ।

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय क्षेत्रका वासिन्दाहरुका लागि रू. १०० अंकित मूल्यका १० लाख कित्ता साधारण शेयर वैशाख ११ गतेदेखि २७ गतेसम्म विक्री गरेको थियो ।

बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (BHDC) ले रुडी ए (८.८ मेगावाट) र रुडी बी (६.६ मेगावाट) का दुई क्यास्केड आयोजनामा ​​सम्झौता गर्दै रुडी खोलाको करिडोरमार्फत १५.४ मेगावाटको आयोजनाको विकास, सञ्चालन र मर्मत सम्भार गर्न २०५७/०९/०३ मा गाभिएको थियो । BHDC को अधिकृत शेयर पूंजी २०० करोड छ।

BHDC उत्पादकत्व बढाउन र नेपाली जीवनस्तरमा सुधार गर्ने किफायती नवकरण ऊर्जा परियोजनाहरू विकास र कार्यान्वयनमा केन्द्रित छ।रुडीखोला-ए साना जलविद्युत आयोजना (८.८ मेगावाट) कास्की जिल्लाको मिजुरेडाँडा गाविसमा अवस्थित छ।त्यसैगरी रुडी खोला बी साना जलविद्युत आयोजना (६.६ मेगावाट) जुन रुडी–ए साना जलविद्युत आयोजनाको माथिल्लो भागमा अवस्थित रन अफ रिभर प्रकारको आयोजना हो। रुडी–बी साना जलविद्युत आयोजनाको मुख्य भाग लमजुङ जिल्लाको पासगाउँ गाविसमा अवस्थित छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस