×
२ कम्पनीले पाए आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति।



दुई ओटा कम्पनीले आईपीओ निष्कासन गर्नका लागि सेबोन बाट अनुमति पाएका छन् ।

मन्दाकिनी हाइड्रोपावर र सयपत्रि हाइड्रोपावरले आईपीओ निष्कासन गर्न बोर्डबाट जेठ १८ गते अनुमति पाएका हुन् । मन्दाकिनी हाइड्रोपावरले १७ लाख ६४ हजार ११० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीको विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

यस कम्पनीले पनि पहिलो चरणमा स्थानीयको लागि आईपीओ निष्कासन गर्नेछ त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

त्यस्तै सयपत्रि हाइड्रोपावर कम्पनीले ९ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाको लागि आईपीओ निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ । कम्पनीको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस