आजदेखि अपि पावर कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर लिलामीमा विक्री गर्ने भएको छ ।
कम्पनीले ४ लाख ४९ हजार ३२८ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा विक्री गर्न लागेको हो ।यसअघि कम्पनीले चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो ।
यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १०० तोकिएको छ । खरीद गर्न इच्छुक लगानीकर्ताहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
इच्छुक खरीदकर्ताहरुले जेठ २६ गतेसम्म कम्पनीको कार्यालय ट्रेड टावर, थापाथली , मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय नक्साल र मुक्तिनाथ विकास बैंकको ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, वीरगञ्ज, नारायणगढ, सुर्खेत, नपालगञ्ज, धनगढी र जनकपुर शाखाबाट पनि आवेदन दिन सक्ने छन।
हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रहेको छ । अवितरित हकप्रद शेयर समेत बाँडफाँट पश्चात् अपिको चुक्तापूँजी रू. ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार रहेको पुग्नेछ । अपिले निर्माणाधित ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाका लागि थप पूँजी जुटाउन अपिले हकप्रद निष्कासन गरेको हो ।
सेयरको लिलामीको लागि कसरी आवेदन दिने?
धेरै लगानीकर्ताहरूलाई लिलामी शेयरहरू कसरी भर्ने भनेर थाहा नहुन सक्छ। लिलामीमा शेयर आवेदन गर्नु IPO/FPO र हकप्रद शेयरमा आवेदन दिनु भन्दा फरक छ। नेपालमा लिलामी शेयरहरूको लागि आवेदन दिन, तपाईंले निम्न चरणहरू पालना गर्न आवश्यक छ:
चरण १ : कम्पनी द्वारा प्रकाशित लिलामी सूचना ध्यानपूर्वक पढ्नुहोस्। उपलब्ध जानकारीको बारेमा पूर्ण रूपमा सचेत रहनुहोस्। तलको उदाहरणमा देखाइएका निर्देशनहरू पालना गर्नुहोस्।
चरण २ : तपाईंले लिलामीमा सेयर कति र कतिमा किन्नुहुनेहो मूल्य र मात्रा तय गर्नुहोस् । लिलामी भएको शेयरको संख्या र सेयर बजारको हालको बजार मूल्यका आधारमा मूल्य निर्धारण गर्नुपर्छ । सधैं आफ्नो मूल्य बजार भन्दा कम मूल्य मा सेट गर्नुहोस्। यदि लिलामी शेयरहरूको आपूर्ति ठूलो छ भने, तपाइँ तपाइँको खरीद मूल्य थप कम गर्न सक्नुहुन्छ।
चरण ३ : सम्बन्धित बिक्रि प्रबन्धक / मर्चेन्ट बैंकरमा जानुहोस्। (कम्पनीले लिलामीको लागि बिक्रि प्रबन्धक चयन गर्दछ)
चरण ४ : बिक्री प्रबन्धकको काउन्टर बाट रु. १०० मा लिलामी फारम खरिद गर्नुहोस्।
चरण ५ : खाता नम्बर फारममा दिइएको हुन्छ । त्यहा दिइएको खाता नम्बरमा आफुले लिन चाएको शेयर बराबरको रकम जम्मा गर्नुपर्नेछ। तपाईले खरिद गर्न चाहेको शेयरको कुल रकम तोकिएको बैंक खाता नम्बरमा जम्मा गर्नुपर्नेछ।
चरण ६ : बैंकमा रकम जम्मा गरिसकेपछि, फारम भर्नुहोस् र भौचरसँग सिल गरि खाममा बन्द गरेर बिक्री प्रबन्धकलाई फारम पेश गर्नुहोस्।
चरण ७ : रसिद लिनुहोस् र यसलाई सुरक्षित राख्नुहोस्। शेयर बाँडफाँडको केहि समय पछि तपाइँको डिम्याट शेयर खातामा जम्मा हुनेछ। यदि तपाईलाई शेयर परेन भने, बोलीको रकम स्वचालित रूपमा तपाईको बैंक खातामा जम्मा हुनेछ







