×
Lagani
Lagani Shiksha gif
दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने।



हेटौँडा औद्योगिक क्षेत्रमा दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने अर्थमन्त्री जनार्दन शर्माको घोषणाप्रति हेटौँडावासी खुसी भएका छन् ।

विसं २०५७ देखि बन्द रहेको सो उद्योगलाई आज संसद्मा आगामी आर्थिक वर्ष २०७९/८० का लागि अर्थमन्त्री शर्माले प्रस्तुत गर्नुभएको बजेटमा सो घोषणा गर्नुभएको हो । बजेट प्रस्तुत गर्दै उहाँले बन्द रहेको उक्त कपडा उद्योगलाई उपयुक्त ढाँचामा सञ्चालनमा ल्याउने बताउनुभएको थियो । उद्योगबाट उत्पादित कपडा सार्वजनिक पदधारण गरेको व्यक्तिले लगाउनुपर्ने बजेटमा घोषणा गरिएको बताइएको छ ।

Lagani Shiksha gif
sharehubapk दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने।

बजेटमार्फत रुग्ण उद्योगलाई पुनःसंरचना गर्दै सार्वजनिक पदमा बसेका उक्त उद्योगबाट उत्पादित कपडा लगाउने व्यवस्था गर्नै घोषणा गरेको हो । करिब रु २० करोडमा स्थापना भएको सो उद्योगको अवस्था राम्रो रहे पनि लामो समयदेखि बन्द छ । साथै त्यहाँ सशस्त्र प्रहरी कार्यालय खडागरी बसिरहेको छ । यस सम्बन्धमा सो उद्योग सञ्चालनको घोषणा अत्यन्त सकारात्मक रहेको हेटौँडा औद्यौगिक क्षेत्रका प्रमुख राजेन्द्र कँडेलले बताउनुभयो ।

यस्तै वन विज्ञान अध्ययन संस्थान हेटौँडाका प्रा डा ललित कर्णले सरकारको आइतबार प्रस्तुत बजेटले सबै क्षेत्रलाई समेटेका बताउँदै रोजगारी र व्यवसायका लागि हेटौँडा कपडा उद्योगलगायत रुग्ण उद्योग पुनःसञ्चालन गर्ने प्रक्रिया अहिलेको आवश्यकता रहेको छ, भन्नुभयो । अर्थमन्त्री शर्माले जनकपुर चुरोट कारखाना र गोरखकाली रबर उद्योगसहित अन्य रुग्ण उद्योग सञ्चालनमा ल्याउने उल्लेख गर्नुभएको थियो ।

त्यस्तै अमलेखगञ्जदेखि मकवानपुरको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण गर्ने घोषणा सकारात्मक भएको र त्यसको निर्माणबाट ढुवानी खर्च बचत हुने अमलेसगञ्ज आयल निगमका प्रमुख प्रदीप यादवले बताउनुभयो । हाल भारतको रक्सौलदेखि अमलेसगञ्जसम्म पेट्रोलियम पाइपलाइन सञ्चालमा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस