×
Lagani
Lagani Shiksha gif
१० करोड बढीको बिजुली खपत गर्नेलाई छुटको व्यवस्था



सरकारले पहिलोपटक उद्योगी व्यवसायीलाई आर्थिक विकासको मूल प्रवाहमा बजेटमार्फत समेटेको छ ।

अर्थतन्त्रको इन्जिनका रूपमा निजी क्षेत्रलाई सम्बोधन गर्दै सरकारले निजी क्षेत्रका धेरैजसो मागलाई बजेटमा सम्बोधन गर्ने प्रयास गरेको छ ।आर्थिक क्षेत्रको इन्जिनका रूपमा निजी क्षेत्रलाई सम्बोधन गरिनु नै निजी क्षेत्रको माग सम्बोधन गरिनुको रूपमा अथ्र्याइएको छ ।

Lagani Shiksha gif
sharehubapk १० करोड बढीको बिजुली खपत गर्नेलाई छुटको व्यवस्था

अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेटमा नेपाली उत्पादनको प्रवद्र्धन र विकासलाई जोड दिइएको छ । त्यस्तै वार्षिक रु १० करोड भन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई दुई प्रतिशतसम्म छुट दिने योजना अगाडि सारिएको छ । धेरै विद्युत् खपत गर्ने उद्योगहरूका लागि यस्तो योजना समेटिएको छ ।

स्वास्थ्यमा ६९ अर्ब ३८ करोड बजेट :  सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि स्वास्थ्यमा रु ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा भन्दा करिब रु ५२ अर्ब बजेट कम स्वास्थ्यलाई विनियोजन गरिएको छ ।

आव २०७८/७९ मा रु एक खर्ब २२ अर्ब बजेट विनियोजन गरिएको थियो । चालु आवमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा बजेट विनियोजन गरिएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस