×
Lagani
Lagani Shiksha gif
अब आफूखुसी घर जग्गा बिक्री गर्न नपाउने



के तपाईंले काठमाडौँ महानगरलगायत देशका महानगर, उपमहानगरपालिकामा घर जग्गाको बिक्री गर्ने सोच बनाउनुभएको छ ?

अब तपाईंले आफ्नो घर जग्गा बिक्रीका लागि स्थापना गर्ने विशेष संयन्त्रमार्फत मात्रै बिक्री गर्नुपर्नेछ । घर जग्गाको बिक्री वितरणमा हुँदै आएको वास्तविक मूल्यभन्दा असाध्यै न्यून मूल्यमा हुने गरेको पाइएको छ । त्यसबाट सरकारको राजश्वसमेत कम उठेको र सही विवरणसमेत उपलब्ध नहुने अवस्था भएकाले सरकारले विशेष संयन्त्रको व्यवस्था गरेको हो ।

Lagani Shiksha gif
sharehubapk अब आफूखुसी घर जग्गा बिक्री गर्न नपाउने

अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकमा आज पेस गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा घर जग्गा बिक्रीका लागि आफूखुसी निर्णय गर्नुभन्दा पनि अब स्थापना हुने विशेष संयन्त्रमार्फत मात्रै गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सरकारले घरजग्गाको एकीकृत मूल्याङ्कन प्रणाली विकास गर्ने घोषणा गरेको छ । घरजग्गा करोबार गर्दा अर्बौं पूँजीगत लाभकरलगायतका कर छली हुने भनी लगातार प्रश्न उठ्दै आएको थियो । अर्थमन्त्री शर्माले जग्गाको नापजाँच गरी भूमिहीनलाई जग्गाधनी पुर्जा दिने घोषणा गर्नुभएको छ ।

नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि काठमाडौँ महानगरलगायतका सबै महानगर र उपमहानगरपालिकाभित्र व्यक्तिले अब आफूखुसी घरजग्गा बेच्न नपाउने व्यवस्था गरिएको छ । यस्तो व्यवस्था क्रमशः पछि सबै पालिकामा उपलब्ध गराइने अर्थमन्त्रीले बजेटमा व्यवस्था गर्नुभएको छ । त्यस्तै आगामी आवभित्र देशभरका भूमिहीनमध्ये पाँच लाखलाई लालपुर्जा वितरण गरिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस