२ वटा कम्पनीले आईपीओ निष्कासन मिति सार्बजनिक गरेका छन्।
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड र बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासन मिति सार्बजनिक गरेका हुन्। राप्ती हाइड्रोले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो बिन्ध्यबासिनी हाइड्रोपावरले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न लागेको हो।
राप्ती हाइड्रोले जेठ २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ भने बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।
राप्ती हाइड्रोलेले प्रतिशेयर रू. १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर सिंगल बी प्लस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
निष्कासन बन्द छिटोमा असार ७ गते हुनेछ भने ढिलोमा असार २२ गते हुनेछ । आईपीओमा ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट शाखा कार्यालय, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा र मुसिकोट शाखा कार्यालय र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । आवेदकले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
त्यस्तै बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रतिशेयर रू. १०० अंकित मूल्यका १५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ विक्री खुला गरेर बाँडफाँट गरिसकेको छ ।
कुल शेयरमध्ये ४ प्रतिशत अर्थात् ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधारणले २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा असार ३ गतेसम्म आईपीओ निष्कासन खुला रहने छ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । सि–आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपको माध्यमबाट यो आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ ।
आवेदकले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस आईएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
















