


गुल्मीको मुसिकोट नगरपालिकामा गठबन्धन दलको तर्फबाट उम्मेदवार बनेका वडानम्बर १ पौदिअमराइका मोहन घिमिरे र वडानम्बर ९ अर्लाङ्गकोटमा भुमा गुरुङ्ग बिजयी बन्नुभएको छ ।
हिजो बिहान १० बजेदेखि सुरु भएको गणनामा ढिलाइ भएको छ । अहिलेसम्मको मतपरिणाम हेर्दा नगरप्रमुख र उपप्रमुखमा निकै प्रतिस्पर्धा भएको छ ।
अहिले वडानम्बर २ मुसिकोटको मतगणना भैरहेको छ जसमा गठबन्धन अगाडि रहेको छ । अब वडानम्बर ८ को मतगणना हुनेछ जहा एमालेबाट नारायण सापकोटा र गठबन्धनको तर्फबाट रमेश रसौली उम्मेदबार हुनुन्छ ।
वडानम्बर १ मा गठबन्धनका मोहन घिमिरेले एमालेका नारायण थापालाइ पराजित गर्नुभएको हो ।त्यस्तै वडानम्बर ९ मा गठबन्धनकी भुमा गुरुङ्गले एमालेका रामकृष्ण कंडेलसङ्ग भिडेर जीत हात पार्नुभएको हो ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted