×
जापान र ताइवानमा ६ म्याग्निच्युड बढीको भूकम्प



जापानमा भूकम्प गएको छ ।

देशको योङगाउनीमा सोमबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।युरोपेली मेडिटेरानेन सिम्मोलोजिकल सेन्टर (इएमएससी)ले स्थानीय समय अनुसार विहान ११.५३ बजे भूकम्प गएको हो ।

भूकम्पका कारण भएको कुनै क्षतिको विवरण भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले जनाएका छन् । अहिले विवरण संकलनको काम भइरहेकाले थप विवरण पछि सार्वजनिक गरिने उनीहरुको भनाई छ । जापानमा बेला बेलामा यस्तै भूकम्प गइरहने गरेको छ ।

त्यस्तै ताइवानको तटीय क्षेत्रमा पनि  सोमबार दिउँसो ६.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौर्गभिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । राजधानी ताइपेईका भवनहरु र टापुभरि कम्पन महसूस गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका. छन् । यद्यपि क्षतिको तत्काल कुनै समाचार प्राप्त नभएको जनाइएको छ ।

ताइवान र वरपरका क्षेत्रहरुमा नियमित रुपमा भूकम्पको चपेटामा पर्ने गरेको पाइन्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर
2 3

ताजा समाचार

लोकप्रिय
सिफारिस