×
नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश संशोधन, बोनस सेयरमा वृद्धि



नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्वघोषित लाभांश संशोधन गरिएको छ । बैंकले राष्ट्र बैंकको निर्देशनअनुसार यसअघि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको हो ।

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले अब गत वर्षको नाफाबाट १२ दशमलव ६११ प्रतिशत बोनस सेयर र तीन दशमलव ३८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियाे । यसअघि बैंकले ११ दशमलव २४ प्रतिशत बोनस सेयर र चार दशमलव ७६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

अब बैंकले दुई अर्ब पाँच करोड दुई लाख ११ हजार आठ सय २३ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । ५५ करोड ९ लाख ६० हजार आठ सय ९७ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

सञ्चालक समितिको बैठकबाट प्रस्तावित लाभांश राष्ट्र बैंकको अनुमोदन तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

4169eb3feb91a5f55a0b961e426dc3dd page 001 scaled नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश संशोधन, बोनस सेयरमा वृद्धि

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस