×
Lagani
Lagani Shiksha gif
रैराङ हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी को लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश प्रयोजनार्थ हाइड्रोपावरले बिहीबार ४ कात्तिकमा बुक क्लोज गर्ने भएको छ ।

यसअनुसार बुधबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारणसभामा सहभागिता जनाउन सक्नेछन् । लाभांश पारित गर्न कम्पनीले १७ कात्तिकमा साधारणसभा आह्वान गरेको छ । कम्पनीले केन्द्रीय कार्यालय, थापाथलीमा अठारौँ वार्षिक साधारणसभा डाकेको छ । सो सभा बिहान ११ बजे भर्चुअल अर्थात् जुमको सहायताबाट आयोजना हुनेछ।

Lagani Shiksha gif
sharehubapk रैराङ हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

सभामा रैराङ हाइड्रोपावर, रिडी हाइड्रोपावरमा गाभिने सम्बन्धमा विशेष प्रस्ताव पारित हुनेछ । साथै, गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १२ दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेण्डा छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस