सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएकोमा बुधबार एक सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ४०० रुपैयाँ कायम भएको हो ।

छापावाल सुन प्रति १० ग्राम ७८ हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी प्रति १० ग्राम ७७ हजार ९३० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको छ । सोमबार एक हजार २२५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ५९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।