×
Lagani
Lagani Shiksha gif
आजदेखि निस्कासन भयो दोर्दी खोलाको आईपीओ , कति दिने आवेदन ?



दोर्दी खोला जलविद्युत् कम्पनीले आज  देखि आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दाहरुका लागि जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० को १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित मूल्यका कुल १० लाख ५४ हजार २६० कित्ता आईपीओ विक्रीखुल्ला गरेको हो  ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि रू. २९ करोड ५१ लाख ९२ हजार ९०० बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता शेयर निष्कासनको अनुमति पाएको थियो । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीय सहित सर्वसाधारणमा २८ प्रतिशत शेयर जारी गर्न लागेको हो ।

कम्पनीको शेयर विक्री प्रबन्धमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने हाल संस्थापकतर्फबाट कम्पनीले चुक्ता गरेको ७२ प्रतिशत पुँजी  रू. ७५ करोड ९० लाख ६७ हजार ५०० रहेको छ । आईपीओमा  न्यूनतम १० कित्ता देखि अधिकतममा १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका (साविकको भारते,अर्चलबोट, श्रीभञ्ज्ङ, नौथर पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार (१–८) गा.वि.स) लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीको आईपीओमा स्थानीयले छिटोमा वैशाख २७ गतेसम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् भने भने ढिलोमा जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन्। इक्रा नेपालले कम्पनीको आईपीओलाई इक्रा एनपी आईआर डबल बी माइनश रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस