×
आईपीओ निष्कासन गर्दै बाराही हाइड्रोपावर ,  धितोपत्र बोर्डमा दियो निवेदन



बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आईपियो निष्कासन गर्ने भएको छ।

हाइड्रोपावरले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि गरि कुल ७ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि गत चैत १७ गते निवेदन दिएको हो ।

धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० अंकित दरका कुल ७ लाख कित्ता आईपीओ जारी गर्नेछ। यो आईपीओ स्थानीय र सर्वसाधारणका लागि निष्कासन गरिनेछ। आईपीओको विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले बागलुङ जिल्लामा ठिउले खोला जलविद्युत आयोजना संचालन गरिरहेको छ। उक्त आयोजनाले १.५ मेगावाट विद्युत उत्पादन गर्छ । प्लान्टले २०७५-०३-२४ बाट विद्युत उत्पादन गर्न थालेको थियो । जेनेरेसन लाइसेन्सको म्याद २१०७-०३-२७ सालमा सकिने छ, त्यसपछि प्लान्ट सरकारलाई हस्तान्तरण गरिनेछ।

ठिउले खोला जलविद्युत आयोजना राष्ट्रिय ग्रिडमा जोडिएको छ र नेपाल विद्युत प्राधिकरणलाई बिजुली बिक्री गरिन्छ। आयोजनाबाट उत्पादित विद्युतले जिल्लाको विद्युत् मागको करिब ४० प्रतिशत पूर्ति गर्ने कपनिले जनाएको छ । उक्त आयोजनाको लागत ३४ करोड ५० लाख रुपैयाँ थियो ।

Screenshot 2 10 e1650851615954 आईपीओ निष्कासन गर्दै बाराही हाइड्रोपावर , धितोपत्र बोर्डमा दियो निवेदन

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस