×
Lagani
Lagani Shiksha gif
६६ करोड बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा तीन पक्राउ



प्रहरीले प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा सङ्लग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रतिबन्धित कारोबारमा सङ्लग्न रहेको आरोपमा झापाको विर्तामोड नगरपालिका–९ का २२ वर्षीय अनुप मिश्र, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ का २४ वर्षीय दिपेश थापा र काठमाडौँ महानगरपालिकाका २६ वर्षीय राहुल चचानलाई आज पक्राउ गरेको हो ।

Lagani Shiksha gif
sharehubapk ६६ करोड बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा तीन पक्राउ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय कारोबार गर्न जारी गरेको नियम विनिमय, निर्देशन, आदेश विपरीत प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा लागेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौँको महाबौद्ध, न्यूरोड, कलङ्कीलगायत क्षेत्रमा उनीहरु क्रिप्टोकरेन्सीको वित्तीय कारोबारमा सक्रिय रहेकाले विद्युतीय उपकरणसहित प्रहरीले पक्राउ गरेको हो । उनीहरुले हालसम्म जम्मा रु ६६ करोड ७९ लाख ७९ हजार बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुसँग बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस