अमेरिकाले रोक्का गरेको अफगान केन्द्रीय बैंकको ९ अर्ब डलर तालिवानलाई  नदिने

अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको रोक्का गरेको रकम तत्काल फुुकुवा नगर्ने संकेत देखाएको छ ।  खजना तथा भण्डारणसम्बन्धी अमेरिकी सहायकमन्त्री वाली एडीएमोले अमेरिकामा रोक्का भएको अफगानिस्तानको केन्द्रीय बैंकको रकममा तालिवानलाई पहुँच दिने बारेमा सरकारले तत्काल केही नसोचेको बताएका हुन् ।

‘तालिवानबिरुद्ध अमेरिकी प्रतिबन्ध अहिले पनि अपरिहार्य देखिन्छ । तर, अफगानी जनतालाई मानवीय सहयोगको पनि खाँचो छ । त्यसो भन्दैमा अमेरिकाले रोक्का गरेको रकम तत्काल फुकुवा हुँदैन्, ’ मन्त्री एडीएमोले भने ।

देशबाहिर रहेको अफगानिस्तान केन्द्रीय बैंंकको ९ अर्ब डलरभन्दा बढी रकममा अमेरिकाले लगाएको रोक्का फुकुवा गर्न तालिवानले अमेरिकी सरकारसँग अनुरोध गर्दै आएको छ । देशमा आर्थिक संकट निम्तिएको भन्दै रोक्का गरिएको रकम तत्काल फुकुवा गर्न तालिवानले अनुरोध गरेको हो ।

अमेरिकी गठबन्धन सेना २० वर्षपछि काबुलबाट फर्किने निर्णय गरेसँगै तालिवानले १५ अगस्टमा अफगान सत्ता कब्जा गरेको थियो । अफगानिस्तानमा मानवीय संकट चुलिइरहेका बेला अफगान बैंकको रकम फुकुवा गर्न अमेरिकामाथि अन्तर्राष्ट्रिय समुदायको दबाब बढेको छ ।

close

अईपियो अपडेट

सधै र छिटै अईपियो निष्कासनको जानकारी पाउनको लागि मेल लेख्नुहोस।

We don’t spam! Read our privacy policy for more info.

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।