LUK 8.52 -0.17 SPC 530 -5.1 GLBSL 1895.4 -210.6 SBI 275 -7 JFL 439.8 -19.2 NBL 208.5 -2 JBLB 1322 7 DDBL 708 -5 SHINE 369.8 -0.2 RMF1 7.86 0.14 KBSH 1060 5 MEN 511 -1 MKLB 1010 6 BNHC 475 -9.3 NIMBD90 1015.5 9.5 MEL 234 -9.4 SAPDBL 298 -5 MSLB 1160 20 USLB 1845 -19 SAHAS 514 -4.6 GBIME 180 1 ALICL 555 0.1 RURU 623 -2.3 UMRH 348.8 -3.1 PRSF 8.69 -0.01 CORBL 442 6.1 SLCF 7.8 -0.1 SALICO 642.1 -13.4 KBL 135.1 -1.8 SPL 660.9 -2.1 MCHL 410 27 KSBBLD87 983 -1.3 GLH 210.1 -2.4 TRH 727 -3.1 MFIL 502 -9.1 ENL 796.8 -8.2 CYCL 1800 73 NBF2 8.1 0 EBLD85 1070 15 VLBS 735 -12
×
भोलिदेखि निष्कासन हुँदै लघुवित्तको आईपीओ , कति दिने आवेदन ?



उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

लघुवित्तले सर्वसाधणहरुलाई २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता शेयर निष्काशन गर्न लागेको हो।  कम्पनीले जारीपूँजी रू. ६ करोड ५६ लाख २५ हजार ३६ प्रतिशतले हुन आउने रू. २ करोड ३६ लाख २५ हजार बराबरको शेयर निष्काशन गर्ने छ।

निष्कासन गरिने कुल शेयर मध्य  शून्य दशमलव ५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। त्यसतै बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता शेयर सर्वसाधारणको लागि सुरक्षित गरिएको छ ।

आवेदकले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि छिटोमा चैत २९ गतेसम्म आवेदन दिन सक्ने छन् भने  छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरे ढिलोमा २०७९ वैशाख ९ गतेसम्म आईपीओमा आवेदन दिन सक्ने छन्।

साथै उक्त संस्थाको शेयर निष्कासन तथा बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेड रहेको छ । नेपाल एसबिआई मर्चेण्ट बैङ्किङका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र उपकार लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्रीले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओलाई डबल बि माइनस रेटिङ दिएको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाँउछ । आईपीओ  जारि गर्न कम्पनीले २०७८ भदौ १३ मा सेबोनमा निवेदन पेस गरेको थियो ।

कम्पनीको केन्द्रीय  कार्यालय बाँके जिल्लाको कोहलपुर- ११ मा रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस