×
Lagani
Lagani Shiksha gif
आईपीओ निष्काशन गर्दै बुद्धनगर एग्रो फार्म , बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुत्त



बुद्धनगर एग्रो फार्मले आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्काशन गर्नको लागि एनआईसी एशिया क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुत्त गरेको छ। बुटवल मिलनचोेकमा कार्यालय रहेको बुद्धनगर एग्रो फार्मले सामूहिक लगानी कोष तथा कर्मचारीहरुलाइ सहित  ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता निष्काशन गर्ने भएको हो।

Lagani Shiksha gif
sharehubapk आईपीओ निष्काशन गर्दै बुद्धनगर एग्रो फार्म , बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुत्त

आईपीओ निष्काशन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र बुद्धनगर एग्रो फार्म लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता भएको छ । क्यापिटलले फार्मलाई अन्य आवश्यक व्यवसायी रणनीति तथा समग्र वित्तीय अवस्थाको अध्ययन गरी सुधार गर्नुपर्ने पक्षमा परामर्श सेवा समेत उपलब्ध गराउने सम्बन्धी समेत दुई पक्षीय सम्झौता भएको छ ।

एनआईसी एशिया क्यापिटलको ‘आइडिया टु आईपीओ ‘ अन्तर्गत उक्त बुद्धनगर एग्रो फार्म लिमिटेडलाई आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराई यथाशीघ्र आईपीओ जारी गर्ने व्यवस्था मिलाउने भएको हो ।उक्त कम्पनीले आईपीओ निष्काशन  गरे सँगै आईपीओ जारी गर्ने एग्रो फार्म कम्पनी नेपालको हकमा पहिलो कम्पनी हुनेछ ।

agro ipo आईपीओ निष्काशन गर्दै बुद्धनगर एग्रो फार्म , बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुत्त

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस