×
Lagani
Lagani Shiksha gif
आईपीओ निष्कासन गर्दै टक्सार पिखुवाखोला हाइड्रोपावर , बिक्री प्रबन्धकमा प्रभु क्यापिटल



टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले सर्वसाधरणका लागि आईपीओ निष्कासन तथा बिक्रि खुला गर्ने भएको छ ।

कम्पनीले आफ्नो कायम जारी पूँजीको ४४ प्रतिशत बराबरले हुन आउने ४७ करोड ५२ लाख रुपैयाँ बराबरको ४७ लाख ५२ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित, सर्वसाधारण, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि निष्कासन गर्न लागेको हो । उक्त आईपीओ निष्कासन गर्नको लागि कमॉनिले  आइतबार प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

Lagani Shiksha gif
sharehubapk आईपीओ निष्कासन गर्दै टक्सार पिखुवाखोला हाइड्रोपावर , बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

उक्त सम्झौतामा टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक नरेन्द्र बल्लभ पन्त तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । ८ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले आयोजनाको निर्माण कार्य प्राधिकरणलाई विद्युत् बिक्री गरिरहेको छ ।

टक्सार पिखुवाखोला जलविद्युत आयोजना  कम्पनीले भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा अवस्थित पिखुवा खोलामा निर्माण गरीरहेको छ ।

taksar hydro ipo आईपीओ निष्कासन गर्दै टक्सार पिखुवाखोला हाइड्रोपावर , बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

 

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस