PFL 489.6 -35.4 KLBSL 867 -17.9 KKHC 225.4 -2.6 NGPL 315 -11 LVF2 7.86 -0.05 ENL 820 23.2 JALPA 1258 -17 SDBD87 1000 10 RBBD83 971 -9.1 CLI 443.4 -0.6 JOSHI 330.1 -5.4 KEF 8.25 0.22 NBF3 7.38 -0.07 PRVU 137.6 -0.4 AHPC 168 -1.5 FOWAD 1135 -5 EBL 497 -3 SBID83 1052 -21 CHL 313 -5 MEN 508 -3 SPIL 730 -18.9 DHPL 206 8 PSF 8.69 0.12 SLCF 7.96 0.16 KBLPO 106 0 MCHL 402 -8 SHLB 1300 -21 RBCL 12990 -205 BHPL 497.7 -2.3 BFC 346 -9 NRM 364.2 -2.8 LEC 186.5 1.5 GMFBS 1139 -41 NBLD87 994 13 BHL 342.7 -2 PMHPL 232 -4.9 GBILD86/87 991 -7 NICL 818 -5 SHIVM 508.2 -4 UHEWA 398 1.5
×
कुखुराको मासुको मूल्य वृद्धि , प्रतिकिलो ५ सय पुग्न लाग्यो



ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि भएको छ ।

सदरमुकाम फुङ्लिङ बजारमा केही सातायता मासुको मूल्य प्रतिकिलोग्राम रु १०० ले वृद्धि भएको हो । फुङ्लिङ बजारमा ब्रोइलरको मासु प्रतिकिलोग्राम अहिले रु ४८० पु¥याइएको छ । सहज रूपमा ब्रोइलर कुखुरा उपलब्ध हुन छाडेकाले मासुको मूल्य वृद्धि हुँदै गएको स्थानीय व्यवसायी बताउँछन् ।

जिल्लाभित्र ब्रोइलर कुखुरा पाउन छोडेपछि अहिले इलाम र झापादेखि आयात गरेर मासु बिक्री गर्दै आएको उनीहरुको भनाइ छ । फुङ्लिङ बजारका मासु व्यवसायी चन्द्र पौडेलले इलामबाट ब्रोइलर कुखुरा ल्याएर मासु बिक्री गर्दै आएको जानकारी दिनुभयो । हाल वृद्धि भएको मूल्यमा पनि उपभोक्ताको मागअनुसार ब्रोइलरको मासु उपलब्ध गराउन नसकेको उहाँले बताउनुभयो ।

फुङ्लिङ बजारकै व्यवसायी नरेन्द्र बस्नेतले पनि ब्रोइलर कुखुरा पाउन छोडिएकोले मासुको मूल्य महँगो भएको र । झापादेखि कुखुरा आयात गर्नुपरेको बताउनुभयो । इलाम र झापामा पनि मागअनुसार कुखुरा पाउनै मुस्किल पर्ने गरेको उहाँको भनाइ छ ।

व्यवसायी नेत्र न्यौपानेले जिल्लामा ब्रोइलर कुखुरा नपाएपछि मासु बिक्री गर्न छाडेको र अहिले स्थानीय जातका कुखुराको मासु मात्र बिक्री गर्दै आएको उहाँले बताउनुभयो । लोकल कुखुराको मासु प्रतिकिलोग्राम रु ७०० ले बिक्री गर्ने गरिएको छ ।

अर्का व्यवसायी कुमार शेर्पाले पनि कुखुरा पाउन छोडेपछि मासु बिक्री गर्न छोडेको जानकारी दिनुभयो । यसरी फुङ्लिङ बजारका अधिकांश फ्रेस हाउस तथा बोइलर मासु बिक्री केन्द्र हिजोआज बन्द भएका छन् । सीमित फ्रेस हाउस सञ्चालनमा रहे पनि उनीहरुले मासु महँगोमा बिक्री गर्दै आएका छन् ।

सहजरुपमा बोइलर कुखुरा नपाएकै कारण मासुको मूल्य वृद्धि भएको उनीहरुको भनाइ छ । मूल्य महँगो भए पनि व्यवसायीले उपभोक्ताको मागअनुसार बोइलरको मासु उपलब्ध गराउन सकिरहेका छैनन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस