×
फेरी २ कम्पनि पाए आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति



सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र रिभर फल्स पावर लिमिटेडले आइपीओ निष्काशन तथा विक्रीका लागि नेपाल धिपत्र बोर्डबाट अनुमति पाएका छन् ।

नेपाल धितोपत्र बोर्डले सिवाईसी नेपाल लघुवित्तलाई चैत ९ गते र रिभर फल्स पावरलाई चैत १० गते आईपीओ विक्री गर्न अनुमति दिएको हो ।  संस्थाले संस्थाका कर्मचारी र सामुहिक लगानी कोष समेतलाई छुट्याएर सर्वसाधारणहरूका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित मुल्य दरको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे हाे ।

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्न रेटिङ  एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको आधारभुत अवस्था मध्यम जोखिम रहेको देखाउँछ । साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि संस्थाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

संस्थापक समुहको ६७.५० प्रतिशत शेयर रहेको यस वित्तीय संस्थामा १ वटा संस्था सहित ९९ जना संस्थापक शेयरधनीहरुबाट ८ करोड २१ लाख ८ हजार २ सय ४० रुपैयाँ बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ ।विगत २१ वर्ष देखि नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थकर्ताको कारोबार गर्ने इजाजत लिई लघुवित्तीय कारोबार गर्दै आईरहेको चारतारे युवा क्लब, नेपालले नेपाल राष्ट्र बैंकबाट सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाउँमा मिति २०७५ साल माघ २८ गते ईजाजतपत्र प्राप्त गरी मिति २०७५ चैत १ गतेका दिनदेखि सम्पूर्ण वित्तीय कारोबारहरु यथावत रुपमा सञ्चालन गर्दै आएको छ ।

रिभर फल्स पावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

रिभर फल्स पावर लिमिटेड (RFPL) एक पब्लिक लिमिटेड कम्पनी हो, जुन अक्टोबर ५, २००४ मा प्राइभेट लिमिटेड कम्पनीको रुपमा गाभियो, पछि अक्टोबर २०१५ मा पब्लिक लिमिटेड कम्पनीमा परिणतभएको हो । नेपालको संखुवासभा जिल्लामा रहेको १०.३० मेगावाटको रन अफ रिभर, डाउन पिलुवा खोला साना जलविद्युत आयोजना निर्माण, स्वामित्व र सञ्चालनका लागि कम्पनीको स्थापना भएको हो ।

Screenshot 5 5 फेरी २ कम्पनि पाए आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस