NICGF 10.56 -0.28 BBC 4255 50 CZBIL 242 -10 MAKAR 500 6 GILB 1268.4 4.4 SKBBL 934 -3 NLG 1317 2 HDL 1423.1 49.1 PBD85 1079.9 19.9 CKHL 632 -8 HURJA 220 -4.6 TRH 1118 -5 PFL 652 -1 SIKLES 707 -3 RLFL 625 6.9 LEC 276.8 -6 MND84/85 1030 2 SALICO 747 -9.1 KKHC 260 -2 SONA 473.2 -7.8 NIMBPO 176.9 -1.1 SHPC 525 -3.9 SMATA 875 -16 LBBLD89 1208.5 23.5 JBBL 351 -3.1 UNL 48870 -930 UNLB 2527 -3.9 CIZBD86 1060 -10 LLBS 1050 5 CYCL 1540 -7 CFCL 647 27.1 DORDI 429 -3.3 GCIL 498 -5.8 PROFL 655 7 NWCL 975 -13.9 SMFBS 1505.2 6.2 SHLB 1886.9 1.9 H8020 10.2 -0.05 JOSHI 305 -6.8 MSHL 938 3
×
श्रीलंकन मुद्रामा भारि गिरावाट , किन आर्थिक संकट पुग्यो श्रीलंका ? जान्नुहोस



श्रीलंका आर्थिक संकटको सामना गरिरहेको छ ।

विद्युत् कटौती र अत्यावश्यक वस्तुको अभावले चर्को विरोध भएको छ । मुद्रास्फीति र अत्यावश्यक आपूर्तिको अभावको कारण देशको विदेशी मुद्रा संकटको बीचमा पेट्रोलियमको मूल्य आकाशिएको छ। आर्थिक संकटले विद्यार्थीलाई पनि असर गरिरहेको छ । श्रीलंकामा प्रश्नपत्रको तीव्र अभावका कारण सबै परीक्षा अनिश्चितकालका लागि रद्द गरिएको छ ।

श्रीलंकाको वित्तीय संकट विदेशी मुद्राको गम्भीर अभावबाट उत्पन्न भएको हो, जसले व्यापारीहरूलाई आयात वित्तपोषण गर्न असमर्थ बनाएको छ। विदेशी मुद्राको प्रमुख स्रोत मुलुकको पर्यटन क्षेत्र पनि कोरोना महामारीपछि संकटमा परेको छ ।

चिनी, दाल, अनाज, औषधि जस्ता दैनिक उपभोग्य वस्तुको आयातमा मुलुक भर पर्ने भएकाले अत्यावश्यक वस्तुको आयातमा अत्यधिक निर्भरता पनि संकटको कारण रहेको विज्ञहरू बताउँछन् । आर्थिक संकटबाट त्रसित कोलम्बोमा आयातका लागि डलरको अभाव छ ।

श्रीलंकामा इन्धन अभावका कारण पेट्रोल पम्पमा मानिसको लामो लाइन देखिएको छ । अत्यावश्यक वस्तुको मूल्यवृद्धि र इन्धनको अभावका कारण हजारौं मानिस घन्टौं पेट्रोल पम्पमा उभिन बाध्य छन् । जनताले दिनहुँ घण्टा घण्टा विद्युत् कटौतीको सामना गर्नुपरेको छ ।

विदेशी मुद्राको अभावका कारण उत्पन्न संकट

श्रीलंका सात दशकयताकै सबैभन्दा नराम्रो आर्थिक मन्दीसँग जुधिरहेको छ । विद्युत् कटौती, ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्ति बन्द हुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । विदेशी मुद्राको चरम अभावका कारण श्रीलंकामा आर्थिक संकट उत्पन्न भएको छ । जसका कारण व्यापारीहरुले आयात गर्न पाएका छैनन्।

मुद्रामा भारि गिरावाट 

श्रीलंकाको मुद्रामा मार्च ९ देखि बारी गिरावट आएको छ।  मार्च ८ मा १ अमेरिकन डलर बराबर २०२ दशमलभ ३८ श्रीलंकन रुपैयाँ थियो भने श्रीलंकाको मुद्रामा गिरावट आए संगै १ अमेरिकन डलर बराबर २८४ दशमलभ २७  श्रीलंकन रुपैयाँ सम्म पुगेको थियो ।

Screenshot 2022 03 24 155240 श्रीलंकन मुद्रामा भारि गिरावाट , किन आर्थिक संकट पुग्यो श्रीलंका ? जान्नुहोस

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस