×
आज गयो ताप्लेजुङ केन्द्र भएर भूकम्प



आज ताप्लेजुङ केन्द्र भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न ४ः३९ मिनेटमा भूकम्प गएको हो । गोरखा भूकम्पपछि नेपालमा चार रेक्टर स्केलका ५०० भूकम्प गइसकेको छ ।

Screenshot 2022 03 23 201408 आज गयो ताप्लेजुङ केन्द्र भएर भूकम्प

विपद् जोखम न्यूनीकरण तथा व्यवस्थापनमा महिला सहभागिता बढाउन माग
धनगढीमा आज आयोजित ‘विपद् तथा आपत्कालीन अवस्थामा महिला नेतृत्वको शक्ति’ विषयक संवाद कार्यक्रममा दशबुँदे धनगढी घोषणापत्र जारी गरिएको छ । जारी गरिएको धनगढी घोषणापत्रमा तीनवटै तहका सबै संरचनामा रहेका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा महिलाको उल्लेख्य सहभागिताको सुनिश्चित गराउनुपर्ने उल्लेख गरिएको छ ।

विपद् जोखिम न्यूनीकरणका लागि बन्ने योजना तथा कार्यक्रममा महिलाको अर्थपूर्ण सहभागिता गराउँदै विपद्को उच्च जोखिमा रहेका महिलाको विपद् प्रतिकार्य तथा समानुकूलनसम्बन्धी क्षमता बढाउन आवश्यक योजना तर्जुमासहित बजेट विनियोजन गरी प्रभावकारी कार्यान्वयन गर्ने गराउनेसमेत घोषणापत्रमा उल्लेख गरिएको छ ।

यस्तै विपद्को जोखिमले महिलामा पार्ने प्रभावको लेखाजोखा गरी अति सङ्कटासन्न अवस्थामा रहेका महिलाको समस्या र आवश्यकता समाधानका लागि उचित पहल गर्ने, सम्भावित विपद्बाट हुनसक्ने क्षतिलाई सम्बोधन गर्न लैङ्गिकमैत्री जोखिम हस्तान्तरण (जीवन बिमा, कृषि बाली बिमा, पशु बिमा आदि) नीति तथा कार्यक्रम तयार गरेर कार्यान्वयन गर्नुपर्ने, पूर्वसूचना प्रणालीबाट प्रवाह हुने सूचनाको स्रोतमा विपद्बाट सङ्कटासन्नमा रहेका महिलाको पहुँच बढाउन आवश्यक नीति र पूर्वाधारको विकास गर्ने गराउने, महिला अधिकारका क्षेत्रमा क्रियाशील सङ्घ संस्था तथा सञ्जाललाई विपद् जोखिम न्यूनीकरण व्यवस्थापनका लागि क्षमता विकास गरी स्वःपरिचालित हुने हुन उत्पे्ररित गराउनेसमेत घोषणापत्रमा उल्लेख छ ।

कार्यक्रमको छलफलमा सहभागी सरोकारवालाले महिला नेतृत्वको क्षमता विकास र सक्रियतामा जोड दिनुभएको थियो । सो अवसरमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले सरोकारवालसँगै बसेर विपद् व्यवस्थापन र न्यूनीकरणको काम गर्ने वातावरण सरकारले बनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विपद्को प्रभावकारी न्यूनीकरण व्यवस्थापनका सवालमा भएका कानूनलाई समयानुकूल बनाउने प्रयास पनि गरिरहेका छौँ ।” कार्यक्रममा विपद् पूर्वतयारी सञ्जालका अध्यक्ष डा राजु थापाले विपद् जोखिम न्यूनीकरण, तथा व्यवस्थापनसम्बन्धी प्रस्तुतीकरण र सञ्चारकर्मी निर्मला शर्मा, चित्राङ्ग थापालगायतले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा निड्स नेपाल, मानवीय सहयोग साझेदारी प्रवद्र्धन मञ्चका अध्यक्ष अञ्जु जोशी भट्ट, कार्यकारी निर्देशक भवराज रेग्मी, केयर नेपालका राष्ट्रिय निर्देशक रेचल बोल्फलगायत वक्ताले विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणमा महिला सहभागिता र गरिरहेको गतिविधिमाथि प्रकाश पार्नुभएको थियो ।

केयर नेपाल र निड्स नेपालद्वारा संयुक्तरुपमा सञ्चालित कोभिड प्रतिकार्य तथा पुनःलाभ परियोजनाअन्तर्गत सञ्चालित कोभिड प्रतिकार्य तथा पुनःलाभ परियोजनाअन्तर्गत आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न पालिकाका उपप्रमुख, सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

नेपाल बाढी, डुबान, पहिरो, आगलागी, चट्याङ, हावाहुरी जस्ता प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपका कारण उत्पन्न हुने विपद्बाट उच्च जोखिममा रहेको छ । यस्ता जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बनेको ऐनले तीनै तहका सरोकारवाला निकायको सहभागिता र जिम्मेवारीका बारेमा स्पष्ट व्यवस्था गरेको छ । यसका साथै समावेशी विपद् जोखिम व्यवस्थापनको अवधारणालाई आत्मसात् गरिएको छ । तर नीति कार्यान्वयनमा महिला नेतृत्वको उल्लेख सहभागिता नरहेको बताइएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस