×
आफु संग भएको शेयर किन्दा र बेच्दा कति ब्रोकर कमिसन तिर्नु पर्छ ? जान्नुहोस



हामीले शेयर खरिद गर्दा र बिक्रि गर्दा ब्रोकरले नै सहयोग गर्ने गर्दा छ।

उक्त कार्य गरे वापत ब्रोकरले केहि शुल्क लिने गर्दछ। तपाइले आफुले शेयर खरिद गर्दा र बिक्रि गर्दा कति शुल्क लाग्छ भनेर हिसाब गर्नको लागि यहाँ क्लिक गर्नु होला।  हाल नेपालमा ५० वटा ब्रोकर कम्पनी र तिनका ४७ वटा शाखाहरु रहेका छन। आज हामीले त्यहि ब्रोकर कमिसन र अन्य कुरा बारे छलफल गर्ने छौ।

धितोपत्र वा रकम समयमै प्राप्त नभएमा के गर्ने ? 

धितोपत्रको खरिद वा बिक्री भएपछि आफूले प्राप्त गर्नुपर्ने धितोपत्रको वा रकम समय प्राप्त नभएमा लगानीकर्ताले तुरुन्त स्टक एक्सचेञ्जमा सम्पर्क राख्नु पर्दछ । यस स्थितिमा स्टक एक्सचेञ्जले सम्बन्धित दलालबाट प्रतिदिन ०.०५ प्रतिशतका दरले विलम्ब शुल्क समेत असुल गरिदिन सक्दछ ।

यस्तै धितोपत्र वा रकम समयमै प्राप्त नभए बाट लगानीकर्तालाई हानी नोक्सानी भएमा धितोपत्र दलालले स्टक एक्सचेञ्जमा राखेको धरौटी रकमले भ्याएसम्म स्टक एक्सचेञ्जले लगानीकर्तालाई भुक्तानी दिनेछ धरौटीबाट हानी नोक्सानी पूर्ति हुन नसकेमा प्रचलित ऐन अनुसार सम्बन्धित दलालबाट असुल उपर गर्न सकिनेछ ।

धितोपत्र कारोवार राफसाफ

लगानीकर्ताको अदेशानुसार धितोपत्र दलालबाट कारोबार सम्पन्न भएपछि सो को जानकारी लगानीकर्तालाई दिनु पर्दछ । लगानीकर्ताले पनि आफ्नो आदेशानुसार कारोवार भए नभएको बारेमा आफुले धितोपत्र खरिद बिक्रिको लागी आदेश दिएको धितोपत्र दलालसँग सम्पर्क गरी बुझ्न सक्दछन् । धितोपत्रको कारोबार भइसके पछि CDS and Clearing Ltd.  ले राफसाफ तथा फछ्र्यौट गर्दछ ।

यसका लागि लगानीकर्ताको तर्फबाट सेयर किन्ने दलालले कारोबार भएको भोलिपल्ट CDS and Clearing Ltd. को खातामा रकम जम्मा  गर्नुपर्छ भने बेच्ने दलालले लगानीकर्ताको Demat Account बाट अभौतिक सेयर खिची Pull Account मा सार्नु पर्दछ । यसरी CDS and Clearing Ltd. को खातामा जम्मा भएको रकम तथा सेयर सम्बन्धित दलालको खातामा तेस्रो दिन जम्मा हुन्छ र सोही रकम तथा सेयर लगानिकर्ता सम्म पुग्दछ ।

कारोबार कमिसन
विभिन्न किसिमका धितोपत्रहरु किनबेच गर्दा लगानीकर्ताले धितोपत्र दलाललाई कमिसन तिर्नुपर्छ । भिन्न भिन्न धितोपत्रका लागि नियमन निकाय नेपाल धितोपत्र बोर्डले यस्तो कमिसनको दर भिन्न किसिमले निर्धारण गरेको छ ।

सेयरको कारोबारमा
क्र.सं.           विवरण (रु.मा)                                       कमिसन (प्रतिशत)
१                  ५०,००० सम्म                                         ०.४०
२                 ५०,००१ देखि ५,००,००० सम्म                   ०.३७
३                 ५,००,००१ देखि २०,००,००० सम्म             ०.३४
४                 २०,००,००१ देखि १,००,००,००० सम्म         ०.३०
५                 १,००,००,००० देखि माथी                         ०.२७

सरकारी तथा संस्थागत ऋणपत्रको कारोबारमा
क्र.सं.          विवरण (रु.मा)                                    कमिसन (प्रतिशत)
१                 ५,००,००० सम्म                                    ०.१०
२                 ५,००,००१ देखि ५०,००,००० सम्म            ०.०५
३                 ५०,००,००० देखि माथी                         ०.०२

सामुहीक लगानी कोष तथा अन्य धितोपत्रको कारोबारमा
क्र.सं.           विवरण (रु.मा)                                कमिसन (प्रतिशत)
१                  ५,००,००० सम्म                                ०.१५
२                  ५,००,००१ देखि ५०,००,००० सम्म        ०.१२
३                  ५०,००,००० देखि माथी                     ०.१०

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस