GMFIL 623 1 SGIC 641.2 -4.8 SWMF 812 -13 EBLD85 1105 5 SBI 482.9 -6 DDBL 916.2 3.1 SIGS3 9.45 0.09 NWCL 975 -13.9 SBD87 1048 11.9 ALICL 714.5 -1.2 KSBBL 448 -3 SANIMA 326 -10.2 NICGF 10.56 -0.28 CBBL 980 1 ADBL 367 -11.1 RURU 740 -9.8 NBLD87 1020 -8 SBID83 1098 8.7 SFEF 9.29 0.22 GBBLPO 205 0 NTC 980.1 -2.4 NYADI 305.4 -6.6 SALICO 747 -9.1 MNBBL 395.8 -0.8 DLBS 1374 30 SHINE 473 -1.8 SBL 345 -8.1 MSHL 938 3 KBLD89 1156 1 NICL 990.2 -4.8 CZBIL 242 -10 NBLD85 1025 0 EBL 605 5 NLICL 606 -4 BBC 4255 50 PBD88 1102.1 2.1 CKHL 632 -8 SMHL 613.1 -4 TAMOR 482.9 -2.1 SAMAJ 3321.1 1.1
×
साल्ट ट्रेडिङ्गको बोनस सेयरमा मूल्य समायोजन



आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सेयर मूल्य समायोजन भएको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि बुक क्लोज गरेसँगै नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछि कम्पनीको सेयर मूल्य ६ हजार ५७४ रुपैयाँ कायम भएको छ । नेप्सेले अघिल्लो दिनको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको सेयर मूल्य समायोजन गरेको हो ।

सोमबार कम्पनीको सेयर प्रति कित्ता ७ हजार ८९९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।कम्पनीले आर्थिक वर्ष २०७६÷०७७ को कमाइबाट २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कात्तिक १६ गते बिहान ११ बजे साधारण सभा आह्वान गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले आज मंगलबार बुक क्लोज गरेको छ ।

सभामा सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । साल्ट ट्रेडिङको अघिल्लो आर्थिक वर्षको वार्षिक साधारण सभा १६ कात्तिकमा जुम एप्लिकेसन (भर्चुअल माध्यम) बाट बिहान ११ बजे सुरु हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस