×
पेटीएमको शेयरमूल्यमा ७० % ले गिरावट , आईपीओ भर्नेहरु घाटामा।



भारतीय डिजिटल भुक्तानी मञ्च पेटीएमको प्यारेन्ट कम्पनी वान  नाइन्टी सेभेन कम्युनिकेशनको शेयरमूल्य लगातार तल झरिरहेको छ ।

नोभेम्वर १८ मा आईपीओ निष्कासनपछि कम्पनीको शेयरमूल्यमा प्राथमिक चरणमा निक्कै नै उचारचढाव आएको थियो तर हाल भने लगातार घट्दै आएको छ। राम्रो कम्पनि भन्दै लगानी गरे लगानीकर्ताले नोक्सान बेहोर्नु परेको छ।

त्यस्तै फोर्ब्सको मार्च १६ को तथ्यांक अनुसार पेटीएमका संस्थापक विजय शेखर शर्मा अब अर्बपतिको सुची बाट हटेका छन्। मूल कम्पनी पेटीएमको सेयरमा लगातार गिरावट आएका कारण यसको सेयर २ हजार १५० रुपैयाँको (आईपीओ निष्कासनको ) मूल्यबाट ७० प्रतिशतले घटेको हो । गत हप्ता मात्र, भारतीय रिजर्व बैंक (आरबीआई) ले पेटीएम पेमेन्ट बैंकलाई नयाँ ग्राहकहरू थप्न प्रतिबन्ध लगाएको छ।

कम्पनीका प्रवक्ताका अनुसार शर्माको डिसेम्बर त्रैमासिकमा वन ९७ कम्युनिकेसन्समा करिब ८.९ प्रतिशत सेयर रहेको थियो । एक्सिस ट्रस्टी सर्भिसेज लिमिटेड शर्माको नाममा कम्पनीको ४ दशमलव ८ प्रतिशत शेयर रहेको छ । यो सेयरको मूल्य रु ५ हजार ५  करोड छ । आरबीआईले पेटीएम पेमेन्ट बैंकमा नयाँ ग्राहक थप्न प्रतिबन्ध लगाएपछि स्टकमा गिरावट आएको हो। बैंकलाई आफ्नो सूचना प्रविधि प्रणाली परीक्षण गर्न आईटी अडिट फर्म नियुक्त गर्न निर्देशन दिइएको छ।

फोर्ब्सका अनुसार शर्माको सम्पत्ति जुन आइपीओ सूचीकरणअघि २ अर्ब ३५ करोड डलरको अहिलेसम्मकै उच्च थियो, अहिले घटेर ९९९ मिलियन डलरमा झरेको छ । पेटीएमको मूल कम्पनी वान नाइन्टी सेभेन कम्युनिकेशन नोभेम्बर १८ , २०२१ मा सुचिकृत भएको थियो। त्यस दिनदेखि शर्माले दैनिक करिब ८८ करोड रुपैयाँ भारु घाटा बेहोर्नु परेको छ ।

कम्पनीले आईपीओ मार्फत १८ हजार ३ सय करोड रुपैयाँ संकलन गरेको थियो । नोभेम्बर १८ मा, कम्पनी 1.39 लाख करोड भारु मूल्यको  साथ भारतको शीर्ष ५०  कम्पनीहरूमा थियो। तर त्यसयता यसको मूल्य निरन्तर ओरालो लागेको छ । कम्पनीको मार्केट क्याप करिब १ लाख करोड रुपैयाँले घटेर ४०,००० करोड रुपैयाँमा झरेको छ। कम्पनी अहिले उच्च मूल्यवान कम्पनीहरु मध्ये ११२ औं स्थानमा छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस