×
३ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट , कुन कम्पनीको कति बढ्यो ? जान्नुहोस



साताको पहिलो कारोबार दिन आइतवार २ बजे सम्म कारोबारमा आएका २२६ ओटा धितोपत्रमध्ये ३  धितोपत्रको  मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

ज्योति लाइफ इन्स्योरेन्स , सानिमा लाइफ इन्स्योरेन्स र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।  ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६२१ दशमलव ५० पुगेको छ ।

कम्पनीको शेयरमा खरिद माग भन्दा बिक्रि माग कम भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ८ हजार  ५ सय ९१ कित्ता शेयर खरीद माग छ भने विक्री माग २ हजार ७ सय ३६ रहेको छ ।

Screenshot 2022 03 13 140012 ३ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट , कुन कम्पनीको कति बढ्यो ? जान्नुहोस

 

त्यस्तै सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलभ ९०  प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५ सय ६६  पुगेको छ ।

कम्पनीको शेयरमा खरिद माग भन्दा बिक्रि माग कम भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा १२ हजार ४  सय ५० कित्ता शेयर खरीद माग छ भने विक्री माग ५ सय ३७ रहेको छ ।

Screenshot 2022 03 13 140107 ३ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट , कुन कम्पनीको कति बढ्यो ? जान्नुहोस

 

त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएर रू. ५४९ दशलमव ४० पुगेको छ । कम्पनीको शेयरमा खरिद माग भन्दा बिक्रि माग कम भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ६ हजार २  सय ९७ कित्ता शेयर खरीद माग छ भने विक्री माग १ सय २० रहेको छ ।

Screenshot 2022 03 13 140034 ३ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट , कुन कम्पनीको कति बढ्यो ? जान्नुहोस

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस