×
यस्तो सर्त सहित अपि पावरले पायाे हकप्रद निष्कासन गर्न बाेर्डबाट अनुमति



अपि पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ  ।

अपि पावरले १:०.३९३६ को अनुपातमा १ सय रूपैयाँ अंकित दरको  एक अर्ब ८ कराेड ६० लाख रूपैयाँ बराबरकाे १ कराेड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न असाेज २५ गते सेबोनमा निवेदन पेश गरेकोमा नियामक निकाय नेपाल धितोपत्र बोर्डले फागुन  २६ गते निस्कासन गर्नको लागि अनुमति दिएको हो।

कम्पनीले हकप्रद सेयर निष्कासको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

यस हकप्रद निष्काशनका लागि “धितोपत्र सम्बन्धी ऐन, २०६३”, “ दर्ता तथा निष्काशन नियमावली, २०७३”, “धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४” तथा यस बाडबाट जारी गरिएका निर्देशनहरुमा उल्लेखित व्यवस्थाहरु, “हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था र विवरणहरु” प्रकाशनका लागि दिइएको स्वीकृतिपत्रमा उल्लेख गरिएका निर्देशन /शर्तहरु त्यस कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकबाट पूण रुपमा पालना गर्ने गराउने सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन बोर्डले अनुरोध गरेको छ।

275477981 5174837872537193 2352820622998989138 n यस्तो सर्त सहित अपि पावरले पायाे हकप्रद निष्कासन गर्न बाेर्डबाट अनुमति

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस