×
Lagani
Lagani Shiksha gif
यी हुन संखुवासभा बस दुर्घटनामा ज्यान गुमाउने १४ जना ( सुची सहित )



सङ्खुवासभाको मादी नगरपालिका-६ मा भएको बस दुर्घटनामा परी १४ जनाको ज्यान गएको छ। दुर्घटनामा परि मृत्यु हुने सबै १४ जनाको पहिचान खुलेको छ ।

बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको थियो । बस मादी–६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो । मृतकमध्ये ९ जना पुरूष र ६ जना महिला छन्। जसमध्ये २ जना बालबालिका छन्।

Lagani Shiksha gif
sharehubapk यी हुन संखुवासभा बस दुर्घटनामा ज्यान गुमाउने १४ जना ( सुची सहित )

स्रोतका अनुसार  शुरूमा बस पल्टिएपछि भीरमा बजारिएको र सोहि ठाउँमा ९ जनाको मृत्यु भएको पाइएको छ। त्यसपछि बस पल्टिएर भीरमुनि पुग्दा अन्यको मृत्यु भएको हो।

मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३० वर्षीय विपीन निरौला, संखुवासभा मादी–५ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–६ का ३० वर्षीया सीता बिक. ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटवालको पाँच वर्षीया छोरी दिक्षा कटवाल, मादी–५ का ४९ वर्षीय भवानीप्रसाद दाहाल, मादी–५ का ५५ वर्षीय श्याम शेर्पा, मादी–४ का आइतबहादुर तामाङ, मादी–२ का ४२ वर्षीय ईन्द्र अधिकारी, मादी–४ का ६० वर्षीय बलबहादुर कार्की, २८ वर्षीया सबिता कार्की, मादी–५ का ४८ वर्षीय दिपककुमार दाहाल, ताप्लेजुङका ३१ वर्षीया समीक्षा योञ्जन र समीक्षा योञ्जनको ८ वर्षीय छोरा सुदिप घिसिङ रहेका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । बस तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने डिएसपी सुवेदीले बताए । घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की छन् ।

275211968 700898187592298 5484712637903999285 n.png यी हुन संखुवासभा बस दुर्घटनामा ज्यान गुमाउने १४ जना ( सुची सहित )

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस