बैतडीका युवकको मलेसियामा मृत्यु

बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं–५ बिनाबस्ती निवासी ४२ बर्षिय धनन्जय जोशीको सोमबार राति ब्लड क्यान्सरका कारण मृत्यु भएको हो । बिगत तीन दिनदेखि अस्पताल भर्ना भएका जोशीको मृत्यु भएको मृतकका छिमेकी तथा अनेरास्ववियुका केन्द्रीय सदस्य यज्ञराज भट्टले जानकारी दिए । मृतकको आजै पोष्टमार्टम गरिने उनले बताए ।

पोष्टमार्टमपछि कोरोना संक्रमण नदेखिए शव नेपाल ल्याइने र कोराना देखिएमा मलेसियामै अन्तिम संस्कार गरिने बताइएको छ । मृतक जोशी विगत पाँच बर्ष देखि मलेसियामा काम गर्दै आएका थिए । उनका श्रीमति, २ छोरी र १ छोरा छन् । शारीरिक रुपमा स्वस्थ रहेका जोशीलाई दुई दिनअघि मात्रै ब्लड क्यान्सर पुष्टी भएको थियो ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।