×
सुनको मूल्य बढेर १ लाख नजिक , चाँदीको भने १३८० कायमै



नेपाली बजारमा आज सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ। बिहीबार छापावाला सुन तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।

तेजावी सुनको भाउ तोलाको ९९ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ। यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार प्रतितोला एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस