×
Lagani
Lagani Shiksha gif
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य



पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ ।

नेपाल आयल निगमले दिएको जानकारीअनुसार इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट फेरी नयाँ मूल्य सूचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।

Lagani Shiksha gif
sharehubapk फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

आज बृद्धि भएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ, हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी ग्याँस प्रतिलिसिन्डर १०० रुपैयाँ बढेको निगमले जनाएको छ ।

निगमले पछिल्लो पटक मिति २०७८/११/०७ मा मूल्य समायोजन गरेपश्चात्‌ रुस र युक्रेन बीचको तनाव समेतका कारणबाट अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप बृद्धि भई उच्चतम विन्दूमा रही कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९५ देखि १०५ प्रति व्यारेलसम्म पुगिसकेको अवस्थामा ईण्डियन आयल कर्पेरेशनबाट यसअघि फेब्रुअरी १६, २०२२ (फागुन ४, २०७८) मा प्राप्त मूल्य भन्दा आज मार्च १, २०२२ (फाल्गुन १७, २०७८) मा प्राप्त नयाँ मूल्य अनुसार प्रति लिटर पेट्रोल रु. ३. ८९ ले बढेको, डिजेल रु. ३.०८६ ले बढेको, मद्वितेल रु. १०.३० ले बढेको, हवाई इन्धन रू ३.३२ ले बढेको र एल. पि. ग्यास प्रति सिलिण्डर रु ९९.१७ ले बढेर आएको हुँदा निगमलाई आगामी १५ दिनमा करीब रू. ३ अर्ब ९ करोड घाटा हुने स्थिति देखिएको जनाएको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्म निगमले करीब रू. २८ अर्व नोक्सानी व्यहोरी सकेको छ । पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाइ राख पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ बमोजिम सानो अंशले मूल्य समायोजन गर्दा अब प्रति महिना करीब रू, ६ अर्व भन्दा बढी नोक्सानी हुने स्थिति रही सो बराबरको रकम ऋण लिनुपर्ने बाध्यात्मक अवस्था सृजना भएको छ।

गमको सञ्चिती रकम र्‌ अन्य दायित्व रकमहरू सबै पेट्रोलियम पदार्थको खरिदमा सकिए पछि निगमले नेपाल सरकार मातहतमा रहेको मूल्य स्थिरीकरण कोष तथा ईन्धन बिक्रीबाट प्राप्त रकम संकलन गरी ईण्डियन आयल कर्पेरेशनलाई पेट्रोलियम पदार्थ खरिद वापतको रकम भुक्तानी गरिरहेको छ ।

निगमको प्रशासकिय तथा सञ्चालन खर्च जम्मा प्रति लिटर ६० पैसा मात्र रहेको तथा हाल निगमको विकास निर्माणका नयाँ कामहरु सबै स्थगित गर्ने सोचमा रहेको निगमले पेट्रोलियम पदार्थ खरिद वापत आवश्यक पर्ने रकम जुटाइ आपूर्ति व्यवस्था सहज बनाइ राख्न आगामी दिनहरूमा निगमलाई अत्यन्त कठिन हुने देखिएको निगमले जनाएको छ ।

निगमले जारि गरेको विज्ञप्ति : 

001 converted page 001 scaled फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस