×
अमेरिकामा दुई वर्षीय बालकको गोली लागेर आमाको मृत्यु प्रकरणमा बाबु पक्राउ



आफ्ना दुई वर्षीय सन्तानले अन्जानमा गोली चलाउँदा भएको हत्यामा फ्लोरिडाका एक बाबु शुक्रबार पक्राउ परेका छन् । यही अगस्टमा छोराले गोली चलाउँदै भेओन्द्रे अभेरीकी श्रीमतीको ज्यान गएको थियो । आमा स्यामाया लिन भिडियो कलमा बोलिरहेका बेला ती बालकले गोली राखिएको बन्दुक चलाएका थिए ।

२२ वर्षीय अभेरीलाई हत्या अरोपमा प्रहरीले मुद्दा चलाएको छ । उनले सुरक्षित ढंगले हतियार राख्न नसकेकोसमेत प्रहरीले आरोप लगाएको छ । आरोपितको तर्फबाट कुनै वकिलले बहस गर्न नमानेको जनाइएको छ ।

उनीमाथि लागेको आरोप पुष्टि भएमा अभेरीलाई १५ वर्षसम्म कैद र १० हजार डलर जरिवाना हुन सक्ने जनाइएको छ । प्रहरीका अनुसार ११ अगस्टमा सो बन्दुक दम्पत्तीको बेडरुमबाट बालकले फेला पारेका थिए ।

बालकले बन्दुक लिएर आमातर्फ बढेको र गोली चलाएका थिए । उनी तत्कालै भुइँमा ढलेकी थिइन् । बालकले गोली चलाउँदा आमा आफ्ना सहकर्मीसँग बोलिरहेकी थिइन् । भिडियोमा नै लिन गोली लागेर ढलेपछि सहकर्मी चकित परेकी थिइन् । दुर्घटनाको समयमा उनका श्रीमान घरबाहिर थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस