×
साहस उर्जाको आइपीओ बाँडफाँट मिति सार्बजनिक , तपाइलाइ पर्ने सम्भावना कति ?



साहस उर्जाको आइपीओमा आइतबार (असोज १७ गते) बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आइतबार बिहान ९ बजे आइपीओ बाँडफाँट गरिनेछ ।  यस आइपीओमा २४ लाख ६२ हजार भन्दा बढी आवेदकबाट ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको छ  ।

यो आइपियोमा सर्वसाधारणबाट माग गरिएको भन्दा ५.६२ गुणा धेरैआवेदन परेको छ  जसले गर्दा जम्मा ६ लाख ४४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने बाकिको हात खालि रहने छ।

उक्त कम्पनीले भदौ ६ गतेदेखि रू. ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस